२०७७ साल आश्विन शुक्लपक्ष कार्तिक ४गते मंगलवार चतुर्थी तिथी अनुराधा नक्षत्र चन्द्रमा वृश्चिक राशिमा ।
मेष राशि : घर परिवारमा केहि शान्तिको वातावरण भएतापनि मनमा भने अशान्ति नै रहने छ । प्रेम सम्वन्ध तथा दाम्पत्य जीवनमा भने राम्रो हुनुका साथै साथ र सहयोग प्राप्त हुनेछ ।
वृष : तपाइको आलोचना गर्ने व्यक्तिहरु वढ्नेछन जागिर वा व्यापारीक क्षेत्रमा संम्यमता अपनाउदा राम्रो हुनेछ । अरुका कुरामा ख्याल नगरी अगाडी वढ्दा राम्रो हुनुका साथै आर्थिक पक्ष राम्रो हुनेछ ।
मिथुन : स्वास्थ्य समस्याले भने सताउने नै छ । मन अशान्त हुनेछ, अचल सम्पति जोड्ने समय छ थोरै मेहनतले गर्दा कुटुम्भको भने सहयोग प्राप्त हुनेछ ।
कर्कटः सामूहिक काममा तपाइको एक्लो प्रयाशले गर्दा धेरै ठूलो सफलता हात पर्ने छ । सहयोगीहरुको साथ प्राप्त हुनुका साथै मान सम्मानमा वृद्धि हुनेछ । आर्थिक लाभको समय छ ।
सिंहः नगरेको गल्तिमा फस्नुभएको थियो भने छुटकारा पाउनुु हुनेछ । गाली गलोच गर्नेहरुले प्रशंसा गर्न थाल्नेछन् । आर्थिक हानी भने हुनेनै छ भने व्यवसायमा सोचेको अनुरुप काम हुने छैन ।
कन्याः व्यवसाय फस्टाएर जानुका साथै नयाँ व्यवसायमा नसोचेको लाभ हात पर्नेछ । दाम्पत्य जीवन वा प्रेमी प्रेमीकामा भने समस्या देखा पर्ने छ । वोल्दा विचार गर्नु होला ।
तुला : मन अशान्त हुने तथा जागिर वा व्यवसायमा झुटा आरोप लाग्न सक्नेछन् । आर्थिक हानिको समय छ सन्तानलाइ स्वास्थ्यमा समस्या देखापर्न सक्नेछ ।
वृश्चिक : थोरै मेहनत गर्दा पनि ठूलो सफलता प्राप्त हुनेछ । लामो समयदेखि रोकिएका धनहरु प्राप्त हुने समय छ । साथिभाइ सँग भएको मनमुटाव मिल्नेछ ।
धनुः आर्थिक लाभको समय छ । चौतर्फ प्रशंसा प्राप्त गर्नु हुनेछ । जागिरमा पदोन्नतीको सम्भावना देखिन्छ । अहिले सम्म विग्रेको काम बनेर जानेछ ।
मकर : समय तपाईको पक्षमा छ शत्रुलाई पनि आफ्नो पक्षमा ल्याएर काम गर्न सक्नु हुनेछ । यात्रागर्नु पूर्वभने धेरै विचार गर्नु होला अन्यथा समस्या देखापर्न सक्नेछ । मन प्रसन्न हुनेछ ।
कुम्भ : काममा आएको वाधा हटेर जानेछ, आर्थिक लाभको समय छ । दाम्पत्य जीवनमा भने मन मुटावमा वृद्धि हुनेछ । घर परिवारको कारणले मनमा अशान्ति छाउने छ ।
मीन : देश विदेशको यात्रा गर्ने अवसर प्राप्तहुन सक्नेछ । सन्तान सुखको समय छ । गरेको काममा उच्च कदर हुनेछ भने लगानी गर्ने अवसर प्राप्त हुन सक्छ । आर्थिक पक्षमा वृद्धि हुनेछ ।
यो राशिफल ज्योतिष जीवन पौडेलले तयार पार्नुभएको हो ।