२०७७ साल अधिक आश्विन शुक्लपक्ष असोज १८ गते आइतवार प्रतिपदा तृतीया तिथि भरणी नक्षत्र चन्द्रमा मेष राशिमा
मेष राशि– अधूरा कामहरु बन्नेछन् । वादविवाद हुन सक्छ । साथिभाईहरुले काममा हौसला दिनेछन् । रमाइलो गर्न मन लाग्नेछ । स्वास्थ्यको देखिएका समस्याहरु कम हुँदै जानेछन् । धर्म कर्ममा पनि मन जाला । अरुको मन जित्न सकिने छ । व्यवसायमा प्रगति हुने देखिन्छ ।
बृष राशि– मन रमाउने छ । प्रेम सम्बन्ध सम्झनयोग्य रहनेछ । अल्छीपन भने बढ्न सक्छ । ब्यापार ब्यवसायमा राम्रो समय छ । मीठो मसिनो खाना जुर्ने छ । बोलिको प्रभावले धेरै कामहरु बन्ने छन् । मु-द्दा मामलामा सावधान रहनु होला ।
मिथुन राशि– पदोन्नतीको सम्भावना छ । साथिभाइ इष्ट मित्रले काममा साथ दिनेछन् । फलामका सामग्री संग सजग रहनु होला । नसोचेको ठाउँमा खर्च हुन सक्नेछ । प्रेममा सफलता मिल्नेछ । विद्यामा सामान्य सफलता मिल्ला । सरकारी क्षेत्रमा राम्रै प्रगति हुने देखिन्छ ।
कर्कट राशि– मानसिक तनाव बढ्न सक्छ । काममा मन जाने छैन । परिवारमा बेमेल रहनेछ । उच्च मनोवल बनाएर काम गर्नु राम्रो हुनेछ । विद्यामा सोचेजति सफलता मिल्ने छैन । चोट पटकको सम्भावना रहेको छ । नयाँ कामको थालनिमा सावधान रहनु होला ।
सिंह राशि– सहयोगीहरु बढने छ । रमाइलोसगं समय वित्नेछ । अरुको विश्वाश ठिक्क मात्र गर्नु होला । लेनदेनमा विबाद हुन सक्छ । काममा सफलता मिल्नेछ । स्वास्थ्यमा समस्या आउन सक्छ । अरुको मन जित्न सकिने छ । सानो प्रयासले पनि ठुलो काम बन्नेछ ।
कन्या राशि– काममा ढिलासुस्ती होला । साथिभाइबाट धोका हुनसक्छ । पठनपाठनमा प्रगति हुनेछ । भाग्यले साथ दिनछ । मिठाखाने कुरा खाने अवसर जुर्नेछ । आर्थिक पक्ष राम्रो छ । प्रतियोगितामा भाग लिने अवसर मिल्ला । जग्गा जमिन सम्बन्धित काममा लाभ मिल्नेछ ।
तुला राशि– पराक्रम बडेर जाने छ । धार्मिक काममापनि मन जानेछ । आइतबार पछि आफ्नै निर्णयबाट काम बन्नेछन् । वादविवादमा फसिएला । आर्थिक पक्षभने सामान्य रहनेछ । प्रेम प्रसंगका रमाइला कुराले मन गद–गद रहनेछ ।
बृश्चिक राशि– स्वास्थ्यमा समस्या देखापर्ला । आर्थिक कारोबारमा सजक रहनु होला । मानसिक समस्या भने हट्ने छ । कामहरु बिस्तारै बन्नेछन् । उपहार आदि पाउने योग छ । बोलिमा नरमपनको कमि होला विचार गरेर बोल्नु होला ।
धनु राशि–नयाँ कुरामा लगानीगर्दा बिचार गर्नुहोला । बोलिमा तार्किक क्षमता बढ्नेछ । गरेको परिश्रम खेर जाने छैन । सहयोग भने कमै मिल्ला । सामाजिक काममा सक्रिय रहनु पर्नेछ । अध्ययन अध्यापनमा कम मन जाला । यात्रामा मन जानेछ ।
मकर राशि– काममा सफलतामिल्ने छ । शिक्षामा अवरोध होला । प्रेमी प्रेमिका सगँ खटपट हुनसक्छ । कलाकारीता क्षेत्रमा राम्रो छ । अनुसन्धान मूलक कामबाट फाइदा हुनेछ । आज विरोधिहरु सक्रिय रहनेछन् । घुमघाममा रमाइने छ ।
कुम्भ राशि– अल्छीपन बढ्न सक्छ । मनमा नकरात्मक सोचाईहरु आउलान् । खानपिनका कुरामा सावधानि अपनाउनु होला । आफन्तको सहयोगमा कामहरु बन्नेछन् । ब्यवसायमा फाइदा नै हुनेछ । नयाँ कामको थालनीमा हतार नगर्दा नै राम्रो छ ।
मीन राशि– नयाँ मित्रको सहयोग पाइने छ । प्रेममा विवाद पर्न सक्छ । ठूलाबडाको प्रिय भइनेछ । पुराना मित्रबाट भने धोका हुनसक्छ । काममा आंशिक सफलता मिल्नेछ । सोचे अनुसार कमाइ पनि राम्रै हुनेछ । विद्यामा प्रगति हुनेछ ।
यो राशिफल जीवन ज्योतिष पौडेलले तयार पार्नुभएको हो । उहाँले केटीएम दैनिकमा नियमित रुपमा राशिफल लेख्ने गर्नुहुन्छ ।