२०७७ साल भाद्रशुक्लपक्ष्ँ भाद्र १४ गते आइतवार द्वादशी तिथि उत्तरषाढा नक्षत्र चन्द्रमा मकर राशिमा ।
मेष राशि : पेशागत रुपमा समय राम्रो किसिमको छ । त्यस्तै आज तपाईंको प्रसंशा गर्ने ब्यक्तिहरु पनि प्रशस्त हुनेछन् । काममा परिवारिक सहयोग पनि मिल्ने देखिन्छ । आज तपाईंले सोच्दै नसोचेको स्थानबाट आर्थिक लाभ गर्नु हुने सम्भावना छ । मायालु मान्छे संग रमाइलो स्थानको यात्रा पनि होला । बेलुकी पखको शुभ समाचारले पनि मनमा आनन्दको अनुभव गराउने छ । बैदेशिक व्यवसायमा अनि साझेदारी काममा लाभदायक दिन छ ।
वृष राशि : आजको दिन तपाईंका लागि राम्रो छ । त्यस्तै कामको कुरा गर्नु पर्दा, नयाँ नयाँ कामका स्रोतहरु पनि फेला पर्लान । मन परेको सामग्री किन्नमा तपाईंको आज अलिकति पैसा खर्च हुने देखिन्छ । आज तपाईंको घर परिवारले तपाईंको प्रेम प्रसंगलाई राम्ररी लिनेछ भने दाम्पत्य जीवनमा पनि एकले अर्काको मन बुज्ने समय आएको छ । नया ठाउंको छोटो यात्रा भएपनि मनमा आर्थिक कुरामको चिन्ता पर्ला । ठेक्का पट्टाको काममा आज राम्रै किसिमको काम हात पर्ने सम्भावना रहेको दिन छ ।
मिथुन राशि : तपाईंले आज समाजमा राम्रो किसिमको छाप छोड्रन सक्नु हुनेछ । आजको कामले तपाईंलाईं पछी सम्म पनि फाइदा पुर्याउने देखिन्छ । कानून व्यवसयिका लागि आजको दिन फाइदा जनक रहने छ । त्यस्तै व्यापार व्यवसाय पनि आज मुनाफामा नै रहनेछ । प्रेम प्रसंगमा भने बाधा गर्ने मान्छेहरु प्रशस्त हुनेछन । आर्थिक क्षेत्रमा सुधारको महसुधारको महसुस गर्न पाउनु हुने छ । सांझ पखको छोटो यात्राले पनि तपाईंलाई आज खुशी बनाउने देखिन्छ ।
कर्कट राशि : साथी भाईहरुसँग आपसी समझदारी बढ्ने देखिन्छ । राम्रो अनि नया ठाउबाट कामको अवसर आउला । पशु पक्षि पालन व्यवशायमा आजको दिन राम्रो रहेको छ । मनोरञ्जनात्मक गतिविधिहरु बड्लान् । साथ साथै कामहरु पनि सजिलै संग बन्ने छन् । यति हुदाहुदै पनि तपाईंको स्वास्थ्यमा आज केहि खरावी देखिन सक्छ, तर तपाईको आत्म विश्वास भने बडेर जाने सम्भावना छ । अनि बोलीको प्रभावका कारण तपाईंले आज प्रेममा सफलता पाउन सक्नु हुनेछ ।
सिंह राशि : समय तपाईंका लागि राम्रो छ । आज तपाईंका कामहरु, दाजभाई तथा दिदी बहिनीको सहयोगमा बन्ने देखिन्छन् । त्यस्तै र्धािर्मक काममा पनि आज तपाईंको मन जाने देखिन्छ । तर पनि तपाईंले आज रुपैया पैसाको काम गर्दा भने धेरै नै जोगिनु होला । पति पत्नि बिचको सम्बन्ध अनि प्रेम प्रसंगमा सुखद समय रहेको छ । छोटो यात्रामा पनि रमाउनु हुने दिन छ । इलेक्ट््रीकल सामग्रको काम अनि फलामको काम गर्नेहरुका लागि धेरै राम्रो किसिमको दिन रहला ।
कन्या राशि : आज तपाईको आत्म विश्वास बड्ने देखिन्छ । तरपनि अचानक काममा बाधा पर्ने सम्भावना रहेको छ, त्यसैले कामहरु समयमै सक्ने कोसिस गर्नु होला । आर्थिक पक्ष राम्रो छ त्यसैले रुपैया पैसाको काममा आज राम्रौ किसिमको लाभ मिल्ला । तपाईंलाई आज गन्नेमान्ने ब्यक्तिहरुले पनि सहयोग गर्नेछन् तर तपाईंले आज पशुपंक्षिहरुबाट भने सावधानि अपनाउनु पर्ने देखिन्छ । यदि तपाईं साहित्य प्रति अभिरुचि राख्नुहुन्छ वा साहित्य लेखन गर्नुहुन्छ भने तपाईंका लागि आज फलदायी दिन छ ।
तुला राशि : समय मध्यम किसिमको छ । लाभ र हानि बराबर जस्तो नै रहन्छ । तपाईको आज काममा जोश र जागर बडेर जानेछ तर आर्थिक कारोवार गर्दा भने धेरै सावधानी अपनाउनु पर्ने देखिन्छ । साझेदारी काममा राम्रै फाइदा होला । अनि बोलीको प्रभावका कारण तपाईंले आज प्रेममा सफलता पाउन सक्नु हुनेछ । सामाजिक काममा पनि आज सरिक हुनुहुने सम्भावना रहेकोछ । यति हुदाहुदै पनि तपाईंको स्वास्थ्यमा आज केहि खरावी देखिन सक्छ, त्यसैले खानपिनमा सावधानी अपनाउनु होला ।
वृश्चिक राशि : तपाईंका लागि समय राम्रो छ । काममा पनि मन जानेछ । त्यस्तै तपाईंको साहसको पनि खुलेर प्रसंशा हुनेछ । पशु, सवारी साधन अनि हतियार संग भने आज तपाईंले सावधानि अपनाउनु पर्ने देखिन्छ । आजको कामले तपाईंलाईं पछी सम्म फाइदा पु¥याउने देखिन्छ । यदि तपाईं सरकारी सेवामा हुनुहुन्छ भने तपाईंका लागि आज अझ राम्रो दिन छ ।
धनु राशि : लागि आजको दिन, नया कामको सम्भावना रहेको दिन छ । र्आिर्थक प्रसंको कुरा गर्नृु पर्दा आज तपाईंले आर्थिक कारोवार गर्दा सावधानी अपनाउनु पर्ने देखिन्छ । आज तपाईंको आफन्तजन संग मिलन हने सम्भावनम रहेको छ, छोटो यात्रा पनि हुन सक्छ । प्रेम प्रसंको कुरा गर्नु पर्दा तपाईंले आज प्रेममा शुखको अनुभव गर्न सक्नु हुनेछ । यदि तपाई सञ्चार क्षेत्रमा हुनुहुन्छ भने तपाईंका लागि आजको दिन फलदायी रहनेन छ ।
मकर राशि : सामाजिक सेवाको लागि सहयोग गर्ने समय छ । तपाईंका कामहरु पनि आज बन्ने देखिन्छन् । आज तपाईको जीवनमना प्रेम सम्बन्ध पनि थपिने प्रवल सम्भावना रहेको छ । परिवारबाट पनि तपाइको काममा आज भरपूर सहयोग पाउनु हुने देखिन्छ । खानपिनका विभिन्न परिकार प्राप्त होलान्। । वौद्धिक तथा रचनात्मक काममा पनि भने जति सफलता मिल्ने देखिन्न। सबैतिरबाट कामहरु बन्दै जानेछन ।
कुम्भ राशि : मानसिक शक्तिबाट जित हुने अवस्था छ । बैवाहिक तथा पारिवारिक जिवनमा रमाइलो वातावरण बन्नेछ । सानातिना मुद्दा मामिलामा विजय प्राप्त गर्न सक्नु हुनेछ । अरुका कामको प्रसंशा पनि आज तपाईंले पाउनु हुने सम्भावना रहेको छ । सरकारी पक्षबाट पनि आज तपाईलाई आवश्यक सदभाव मिल्नेछ । कृषि तथा कृषि र्सँग सम्बन्धित व्यवसायबाट राम्रै प्रगति होला ।
मीन राशि : कामका चापले शरीरिक परिश्रम बढे पनि समय मनोरञ्जन पूर्ण रहने छ । तर स्वास्थ्यमा भने खराबी देखिएला । काम गराईमा नयाँ किसिमको अनुभव पनि गर्न पाउनु हुनेछ । आर्थिक पक्ष राम्रो छ त्यसैले रुपैया पैसाको काममा राम्रौ किसिमको लाभ मिल्ला । प्रेम प्रसंगको कुरा गर्दा, आज तपाईंको प्रेम प्रसंग सुखद रहने छ साथ साथै दाम्पत्य जीवन पनि सहयोगि रहने दरहला । अन्न अनाजको काम अनि तरल पदार्थको काममा प्रसस्त फइदा मिल्ने देखिन्छ।