सिरहाको सुखीपुर नगरपालिकामा रहेको जनता माध्यमिक विद्यालयले चार विगाहा क्षेत्रफलमा ८ हजार वृक्षारोपण गरेको छ ।
बिभिन्न प्रजातीका ८ हजार विरुवा रोपेको उक्त विद्यालयका प्रधानाध्यापक सत्य नारायण यादवले बताए।
सुखीपुर नगरपालिकाको वडा नम्बर ८ र ३ मा रहेको विद्यालयको जग्गामा वृक्षारोपण गरिएको हो ।
रोपिएको वृक्षले म नरहेपनि विद्यालयको ठूलो आम्दानीको श्रोत हुने भएकोले आफनो कार्यकालको पहिलो कार्य अनुसार वृक्षारोपण गरेको प्रअ यादवले बताए । रोपिएको ८ हजार बोट मध्ये अधिकांश विरुवा मलेसियन सखुवाको रहेकोले २० वर्ष पछि करौडौ रुपैयाँको आम्दानी हुने बताइएको छ ।