
२०७७ साल भाद्रकृष्णपक्ष श्रावण २१ गते बुधवार द्वितीया तिथि धनिष्ठा नक्षत्र चन्द्रमा कुम्भ राशिमा ।
मेष : काममा पदोन्नतीको सम्भावना देखिनुका साथै नँया काम पउन सकिन्छ । व्यपार व्यवसायमा भने सोचे अनुसार नहोला । घर तथा परिवारीक सुख भने प्रसस्त मिल्नेछ ।
वृष : भाग्यमा रोकिएको चिज प्राप्त हुनुका साथै तपाइलाइ भाग्यले साथ दिनेछ । पिताजी सँगको सम्वन्धमा सुमधुरता छाउने छ । नया भोजनको स्वादलिन पाउन सकिन्छ ।
मिथुन : चोच पटक लाग्न सक्छ लामो यात्रा भने नगर्नुहोला अन्यथा समस्यामा पर्न सक्नुहुन्छ । तर भाग्यमा रोकिएको चिज प्राप्त गर्न सक्ने समय छ । विदेश यात्राको सम्भावना पनि देखिन्छ ।
कर्कट : दाम्पत्यजीवन राम्रो भएर जानुका साथै प्रेमलाइ विवाहमा परिणत गर्न सक्ने समय छ । पाटनरमा गरेको काममा सफलता हात लाग्नुका साथै आर्थिक लाभको समय छ ।
सिंह : शत्रु वृद्धिभएर जानुका साथै काममा वाधा आउने छ । स्वास्थ्यमा पनि सामान्य समस्या देखा पर्न सक्नेछ । साथीभाइ सँग रमाइलो भेटघाट हुने सम्भावना छ ।
कन्या : विदेश जाने विचारमा हुनुहुन्छ भने कामलाइ अग्रसर हुदा राम्रो होला । सन्तान सुखको साथै काममा प्रसम्सा प्राप्त हुन सक्नेछ । आर्थिक वृद्धिको पनि सम्भावना छ ।
तुला : चौपाय तथा सवारी साधनको सुखपाउन सक्ने समय छ तर आमाको स्वस्थ्यलाइ लिएर भने चिन्ता वढ्ने देखिन्छ । अरुको विष्वास गर्नु पूर्व धेरै सोचनुहोला अन्यथा तनाव हुनेछ ।
वृश्चिक : दाजुभाइ दिदि वैनी सँगको सम्वन्धमा प्रागाढ छाउने छ भने तपाइको प्रराक्रम वढेर जानुका साथै तापइ प्रसम्साको पात्र वन्नुहुनेछ । काममा पदोन्नतीको सम्भावना छ ।
धनु : कुटुम्व सँगको सम्वन्धमा सुमधुरता छाउनुका साथै वोलीमा मिठास थपिने छ । अचल सम्पतिको किन वेच हुन सक्छ । नया काममो थालनी गर्न सकिन्छ ।
मकर : मान सम्मानमा वृद्धि हुनुको साथै आर्थिक लाभको पनि सम्भावना छ । काममा प्रसम्सा पा्रप्त होला । व्यपार व्यवसायमा लाभ हुने समय छ ।
कुम्भ : धन हानिको सम्भावना छ जोगिनुहोला । विदेश क्षेत्रवाट भने लाभको समय छ । विदेश जाने विचारमा हुनुहुन्छ भने जानलाइ प्रयास गर्दा राम्रो होला ।
मीन : आर्थिक लाभको समय का साथै साथी भाइसँग मिलेर लगानी गर्ने अवसर प्राप्त हुन सक्छ । नँया मान्छे सँगको भेटघाटले मन रमाउने छ । दाम्पत्य जीवनमा रामाइलो माहोल हुनेछ ।