
अक्सफोर्ड युनिभर्सिटी र एस्ट्राजेनेकाले बनाएको भ्याक्सिन बाँदरमा सफल परीक्षण भएको छ। ‘नेचर’जर्नलमा प्रकाशित अध्ययनअनुसार यी दुई कम्पनीले निर्माण गरेका भ्याक्सिन बाँदरलाई कोरोना संक्रमणबाट बचाउन सफल भएका हुन्। यही जर्नलमा प्रकाशित अर्को एक अध्ययनले जोन्सन एन्ड जोन्सनको भ्याक्सिन पनि बाँदरमा सफल भइसकेको छ। बाँदरमा सफल भएका औषधि मानिसमा सफल हुने पूर्वशोधहरूले प्रमाणित गरेका छन्। यी कम्पनीहरूले निर्माण गरेका भ्याक्सिनको मानिसमा प्रयोग गर्न बाँकी नै छ।
कपितय धनी देशले भ्याक्सिन तयार हुनुअघि नै यसको निर्माणमा लागेका कम्पनीहरूसँग सम्झौता गरिसकेका छन्। अमेरिका, चीन र बेलायत भ्याक्सिन निर्माणमा निकै अघि बढेका छन्। यी तीन देशमा भ्याक्सिनको परीक्षण एड्भान्स स्टेजमा पुगिसकेको छ ।बेलायतको एस्ट्राजेनेका र अमेरिकाको मोडर्नाबाट उत्पादित भ्याक्सिन किन्ने होड नै चलेको छ।
यो खोप यो वर्षको अन्त्यसम्म स्वास्थ्यकर्मी तथा जोखिम वर्गलाई दिने तयारी छ। अर्को वर्षको मध्यसम्म ठूलो मात्रामा वितरण भएर विश्वका अधिकांश देशमा पुर्याउने उत्पादकले जनाएको छ।