२०७७ साल श्रावणकृष्णपक्ष असार ३१ गते बुधवार दशमीतिथि भरणीनक्षत्रचन्द्रमा मेष राशिमा ।
मेष राशि : मान सम्मानमा वृद्धि हुनुको साथै कतै ठूलो पदमा आसिन हुन पाउन सकिनेछ । जागिरमा प्रशंम्सा प्राप्त हुनुका साथै व्यापारमा घाटा लागेको कम भएर जानेछ तथा धन वृद्धिको समय छ ।
वृष राशि : आर्थिक हानिको साथै झुटा आरोप हरु लाग्न सक्नेछ नगरेको गल्तीमा फस्न सकिन्छ । पुलिस केस छ भने धेरै समस्यामा पर्न सकिन्छ सतर्क रहनुहोला ।नयाँ काममा लगानी नगर्दा राम्रो होला ।
मिथुन राशि : रोकिएको काम बनेर जानेछ भने आर्थिक लाभको समय छ । दाजुभाइ सँगको सम्वन्धमा सुमधुरता छाउनुका साथै मिलेर गरेको काममा सफलता हात पर्ला । व्यपारमा लाभ मिल्न सक्ला ।
कर्कट राशि : काममा पदोन्नतिको सम्भावना छ ।नयाँ काम पाउन सक्ने समय पनि देखिन्छ भने लामो यात्राको सम्भावना पनि छ । साहित्य क्षेत्रमा मन रमाउन सक्ने देखिन्छ ।
सिंह राशि : पिताजी सँगको सम्वन्धमा सुमधुरता छाउन सक्नेछ । भाग्यमा केहि राम्रो उपलब्धी हुन सक्छ रोकिएको काम वनेर जानेछ । तथा पैतृक सम्पत्ति हात पर्न सक्नेछ भने सुख पनि पाउनु हुनेछ ।
कन्या राशि : चोटपटको सम्भावना छ यात्रा गर्दा सतर्क रहनुहोला ।स्वास्थ्यमा पनि सामान्य समस्या देखा पर्न सक्नेछ । व्यवसायमा भने मध्यम समय देखिनुका साथै विग्रेको सम्वन्धमा मधुरता छाउने छ ।
तुला राशि : काममा आएको वाधा हटेर जानेछ । नँया कामहरु वन्नेछन् । अल्छीपन भने वढेर जानेछ । मनमा असन्तोस प्राप्त हुनेछ घर परिवार सँग । विदेश यात्राको सम्भावना देखिन्छ ।
वृश्चिक राशि : वाधा वेव्धानको समय छ । स्वस्थ्यमा,काममा,अध्यन क्षेत्रमा संम्यमता अपनाउनु होला राम्रो हुनेछ । व्यवसायमा भने सोचे अनुसारको आर्थिक गतिविधि नहोला । साथीभाइले धोका दिनेछन् ।
धनु राशि : सन्तान सुखको समय छ । कृषि क्षेत्रमा लाग्नुहुने व्यत्तिहरुको लागि राम्रो समय छ । आर्थिक लाभको समय देखिन्छ भने जागीरमा प्रंशम्सा प्राप्तगर्न सक्नुहुनेछ । मन सन्तोष होला ।
मकर राशि : मन असन्तोष रहने छ घर परिवारको कारण दाम्पत्य जीवनमा मतमतान्तर हुन सक्छ संम्यमता अपनाउनु होला । खानपिनमा विचार नगर्दा स्वास्थ्य समस्या हुनेछ ।
कुम्भ राशि : राम्रो दिन छ घर परिवार वाट सहयोग प्राप्तहुनेछ । काममा आएको वाधा हटेर जानुका साथै नँया काम हातपर्न सक्नेछ । आफन्त सँगको भेटले मन रमाउने छ ।
मीन राशि : वाणीमा मधुरता वढ्नेछ कुटुम्वको सहायोगको कारण महत्वपूर्ण काम वन्ने देखिन्छ । गरेको काममा प्रशंसा प्राप्तगर्नु हुनेछ । पुलिससँगको केसमा भने समस्या होला ।