कर्णाली प्रदेशले साउन १ गते सो प्रदेशभर विदा दिने निर्णय गरेको छ ।
आज (मंगलवार) आन्तरिक मामिला तथा कानून मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै साउने सङ्क्रान्ति तथा देउडा पर्वको अवसरमा मिति २०७७ साल साउन १ गतेको दिन प्रदेशभर सार्वजनिक विदा दिने निर्णय भएको जनाएको छ ।
मन्त्रालयका प्रवक्ता तुलबहादुर खड्काद्वारा हस्ताक्षर गरिएको विज्ञप्तीमा प्रदेश सरकार (मन्त्रिपरिषद्) को मिति २०७७ साल जेठ १२ गतेको निर्णयानुसार विदा दिइएको जनाइएको छ ।
प्रदेश सरकारले अघिल्लो वर्ष पनि देउडा पर्वको अवसरमा सार्वजनिक विदा दिएको थियो ।
प्रत्येक महिनाको १ गते र १५ गते कर्णाली प्रदेशका पहाडी जिल्लाका देउडा प्रेमीले सदरमुकाम आएर देउडा खेल्ने गरेका छन् । सरकारले साउने सक्रान्तिमा विदा दिने भएपछि देउडा संस्कृतिको जगेर्ना गर्नका लागि टेवा पुगेको कालिकोट जिल्लाका देउडा सम्राटको उपाधि लिएका नेत्रराज शाहीले बताए ।
हेर्नुहोस विज्ञप्ती