
पुरै दुनियाँ यतिबेला एउटा नाेबेल काेराेना ( काेभिन१९ )भाइरसकाे चपेटामा फसिरहेकाे छ। शक्ति सम्पन्न राष्ट्रहरुले यतिबेला शक्ति प्रदर्शन भन्दा पनि बुद्धि प्रदर्शन गरेरै उक्त महामारी संग लडिरहेका छन् । प्रकृतिसंग लड्न बल हाेईन बुद्धि चाहिन्छ भन्ने कुरा ठूलाठूला हात हतियारको शक्ति देअाउने राष्ट्रले राम्राे संग बुझिसकेका छन् ।
धर्म भनेकै विज्ञान हाे र विज्ञान भनेकै प्रकृति हाे । प्रकृतिमा भएका हरेक कुराहरुलाई तथ्य परक तरिकाबाट जानकारी गराउने भनेकै विज्ञान हाे ।यतिबेला दुईवटा विज्ञान सकृय रुपमा काम गरिरहेका छन् ।आम मानिसले बुझ्ने भाषामा भन्नू पर्दा भाैतिक विज्ञान र अर्काे अन्तरिक्ष विज्ञानमा छुट्टयाईएकाे छ अन्तरिक्ष विज्ञानले ग्रह,राशि तथा नक्षत्र हरुकाे वैदिक,धार्मिक,वैचारिक र वैज्ञानिक ढङ्गबाट अनुसन्धान गर्दछ ।
अन्तरिक्ष विज्ञानकाे अनुसन्धानमा लामाे समयदेखि लागेका ज्याेतिषी सुरेश चन्द्र रिजाल भने अनुसन्धान संगै करिअर काउन्सिलिङ तिर पनि व्यस्त रहेका छन् ।
लामाे समयदेखि आध्यात्मिक लेख हरुलेख्दै आएका रिजाल यतिबेला स्वदेश तथा विदेशमा उद्योग तथा कलकारखाना बन्द भएर काम नगरी खाली बसेकाहरू लाई ज्याेतिष तथा आध्यात्मिक तरिकाबाट काउन्सिलिङ गरिरहेका छन् ।
दक्षिण एसियाली ज्याेतिष महासंघ नेपालका महासचिव समेत रहेका रिजालले विदेशबाट घरपनि आउन नपाएका त्येहाँ कामपनि नगरेर खालि बसेका हरुलाई नेपालबाटै सामाजिक सन्जालका माध्यमबाट काउन्सिलिङ गरिरहेकाे उनले बताए । यतिबेला मनलाई नियन्त्रणमा राख्नका लागि अति महत्त्वपूर्ण छ।सानाे प्रयासले मानिसलाई सकारात्मक उर्जा प्राप्त हुने हुनेहुदा यस्ताे आध्यात्मिक मार्ग राेजेकाे उनले जानकारी समेत गराए ।
ब्यस्त रहेकाे जीवन शैली यतिबेला प्राण घातक राेग (काेबिन१९) काेराेना भाइरसले विश्व भरका आधा भन्दा धेरै जनसंख्या लकडाउनका कारण घरभित्रै बस्न बाध्य रहेकाे तथ्यांक छ। उक्त भाइरसकाे अहिलेसम्म कुनै प्रकारकाे आैषधि पत्ता लाग्न सकेकाे छैन । वैज्ञानिक हरु रातदिन आैषधी बनाउन जुटिरहेका छन् भने औषधी पत्ता नलाग्दा सम्म घरभन्दा बाहिर ननिस्कनु सामाजिक दुरि कायम गरि सुरक्षित तरिकाबाट बस्नु नै ठूलाे औषधी मानिएकाे छ।
घर घरमा बसेर यस्तो समयलाइ उपयोगी तथा यादगार बनाउनका लागि जीवन उपयोगी गिता ,दर्शन, वेद जस्ता जिवन्त शास्त्रको अध्यन गर्नेकाे समूह धेरै रहेकाे उनले जानकारी गराए । प्राय मानिसहरु ध्यान र प्रणायाम गरि मनलाई एकत्रित गर्ने खाेजिरहेका छन्।आयुर्वेदिक शास्त्रमा निर्देशन दिईए अनुसार खानपिनमा पनि जानकारी गराईरहेका छन् । यस्ताे बेलामा तातोपानी पिउनु , गुर्जो , बेसार , तुलशिपत्र् , मरिच, अदुवाको काडा बनायर बिहान बेलुका एक एक कप पिउनाले औषधिको रुपमा काम गर्ने हुदा राेगसंग लड्न सक्ने क्षमता वृद्धि हुने रिजालले जानकारी गराएका छन् ।
लामाे समयसम्म एकै स्थानमा बस्दा त्यहाँको उर्जा कस्ताे छ भनेर जानकारी वास्तु शास्त्रका माध्यमबाट दिदै आएकाे समेत जानकारी गराए । कतिपयले विदेश बसाइको समयमा कस्ता खाले ग्रहदशा चलिरहेको छ भनेर समेत जानकारी लिने गरेका छन् । मानिसको मनस्थिति हरेक समयमा फरक फरक तरिकाबाट परिवर्तन हुने हुदा यस्ता खाले परामर्शदाताले शरिरमा सकारात्मक उर्जा प्रवाह गर्ने विज्ञहरुले जानकारी गराएका छन् ।
विश्वभर रहेका नेपाली हरुले अहिले उनीसंग परामर्श लिने गरेका छन् ।सामाजिक सन्जालमा आफूलाई सम्पर्क गर्नका लागि उनलेे फेसबुक, भाईबर ई-मेल लगाएतका गुगलका माध्यमबाट सम्पर्क गर्न सकिने सकेत जानकारी गराएका छन् ।
उहाँलाई यहाँबाट सिधा सम्पर्क गर्न सकिन्छ ।
लेखक रिजाल दक्षिण एसियाली ज्याेतिष महासंघ नेपालका महासचिव हुन ।
सम्पर्क भाईबर ९८५१०६११२४
ईमेल rijal.suresh123[at]gmail.com