कम्पनीको लाेगाे र नाम कस्ताे हुनुपर्दछ लाेगाे बनाई सकेपछि तपाईंको व्यवसाय कुन तरिकाले अगाडि बढिरहेको छ । अन्य साथी तथा कम्पनी हरुसंगकाे सम्बन्ध पहिलेको भन्दा केही फरक भयाे या उस्तै छ। वास्तुशास्त्रले यि सबै विषयमाथि गहन रुपमा अध्ययन गरेर लाेगाे तयार पार्न मद्धत गर्दछ।
लाेगाेमा एउटा सानाे संकेतले सम्पूर्ण कम्पनीको काम र पूरा विवरण देखाइएको हुन्छ । हामीले प्रतिष्ठित कम्पनीको लाेगाे देखेका छाै जस्तै पेप्सी, काेककाेला, एडिडास, नाइक मारुती सुजुकी आदि कम्पनि हरुले कसरी लाेगाे र नाम प्रयाेग गरेमा छन् । कस्ताे संकेत प्रयाेग गरेकाले विश्वव्यापी रुपमा यसले व्यापकता पायाे ।
नाइक कम्पनीको जुन लाेगाे र नाम छ उक्त नाम देवीकाे नामबाट राखिएको छ संकेत पनि लामाे साईन भएकाले यसकाे लाेक प्रियता धेरै ठूलाे छ। त्येस्तै मारुती सुजुकी माेटर कम्पनीले मारुती अर्थात हनुमानकाे नामाट नामाकरण र लाेगाे पनि त्येही अनुसार निर्माण गरेकाले हनुमान सबैभन्दा बलसाली र पवन पुत्र का नामले प्रसिद्ध भएकाले उक्त कम्पनी पनि विश्व विख्यात कम्पनीका रुपमा चर्चित बलियो भएकाे छ। यस्तै अरु कम्पनी हरुकाे नाम तथा लाेगाे यहीँ अनुसार नै तयार पारिएको छ ।
यदि कुनै पनि कम्पनी व्यापार व्यवसाय या अन्य कुनै पनि नयाँ काम सुरु गर्दा थाेरै पनि सावधानी अपनाउदै प्राचीन वास्तु पद्धतिलाई अपनाउदै अफ्नाे शरिरमा कुन तत्व धेरै छ त्येही तत्व संग सम्बन्धि कार्यमा लाग्न सकेमा कहिल्यै पनि असफलता हुनु पर्दैन । यदि हामीले आफूखुसी काम हरु गर्दै गएमा काम गर्न लागेकााे स्थान तथा हाम्राे शरीरमा भएकाे तत्वकाे तालमेल हुदैन अनि विस्तारै काम हरु बिग्रदै जान्छ । काम बिग्रिसकेपछि कनाउन धेरै गार्हो हुन्छ तर काम नबिग्रियाेस भन्नका लागि धेरै उपाय तथा नियमहरु लागू गर्न सकिन्छ । वास्तु शास्त्रले विशेषगरी पाँच अाेटा नियमलाई लागू गरेर नाम तथा लाेगाे निर्माण कार्यलाई पूरा गरेकाे हुन्छ ।
१ सर्वप्रथम कस्ताे भूमिमा कम्पनी तथा व्यवसाय गर्ने हाे त्येसकाे बारेमा पूर्णरुपमा अध्ययन गर्ने गर्दछ र उक्त भूमि कुन तत्वसंग सम्बन्धित छ त्यहीँ अनुसार लाेगाे तथा नामकाे रचना गरिन्छ ।
२ कम्पनीमा कतिजना सहकर्मी रहन्छन् त्येसकाे निर्धारण वास्तुकाे आधारमा गर्दछ । निर्धारित सङ्ख्याकाे आधारमा अंक विज्ञानकाे नियममा रहेर दर्ता नंबर कति राख्ने कुन दिन दर्ता गर्ने र उक्त अंक कुन ग्रहसंग सम्बन्धित छ त्यहीँकाे आधारमा बार निर्धारण गरेर लाेगाेमा हुने कलरकाे प्रयाेग गर्ने ।
३ नाम र कलरकाे आधारमा कम्पनी लाई कसरी र कुन संकेतले चिनाउने हाे त्यसकाे संकेत लाेगाेमा विशेषगरी अंककाे बनावटका आधारमा गर्नु पर्दछ । उक्त अंकलाई कुन ग्रहले चलाएकाे छ त्येही ग्रहकाे तत्व प्रयाेग वास्तु शास्त्रले गर्ने गर्दछ ।यसरी मिलाएर बनाउदा यसकाे सकारात्मक तरङ्ग वायु मण्डलामा तरङ्गित भैरहन्छ र सम्पूर्ण मानिसको मन मस्तिष्कमा सजिलोसँग बस्न सहयाेग गर्दछ ।
४ लाेगाे तथा कम्पनीको नाम निर्धारण पछि वास्तु शास्त्र ज्याेतिष शास्त्र र अंक विज्ञानकाे आधारमा दिशा निर्धारण र कुन दिशामा कस्ताे करल राख्ने र लाेगाे तथा नाम कता तिर फर्काउने लाेगाे लाई कस्ताे बनाउने ठाडाे या तेस्रो यी सबै विषयमा रहेर गहन रुपमा अध्ययन गर्नु पर्दछ ।
५ यसरी बनाउने लाेगाेमा वास्तुशास्त्रको नियममा रहेर कम्पनीको नाम कुन दिशामा राख्ने, कुन कलर लाई कतातिर प्रयाेग गर्ने, अंक कतातिरकाे दिशामा मिलाउने ,कम्पनीको संकेत देखाउने चित्र कुन दिशातर्फ फर्काएर राख्ने कुन कलर कम गर्ने कस्ताे कलर बढी प्रयाेग गर्ने आदि कुरा ध्यानमा राखेर लाेगाे तथा नाम निर्धारण गर्नुपर्ने नियम रहेकाे छ । यसरी बनाइएको लाेगाे सदैब प्रसिद्धि तथा नाम दाम र प्रतिष्ठा प्रदान गर्ने गर्दछ ।
लेखक रिजाल ज्याेतिष तथा वास्तुशास्त्री हुन
सम्पर्क ९८५१०६११२४
इमेल rijal.suresh123(AT)gmail.com हाे ।