
जन्म समयका आधारमा खगाेलीय ग्रहहरुकाे अनुकूल प्रतिकूल पत्तालगाई भाैगाेलिक रुपमा कुन देशकाे कुन स्थानमा जन्मिएको हाे र उक्त अवस्थामा ग्रहहरुकाे अवस्था कस्ताे र कति अंशमा गएको छ त्येसकाे यथार्थ गणितीय आधारमा जानकारी चिनाले गराउने छ ।
ज्याेतिषमा मुख्यतः सिद्धान्त, हाेरा र संहिता गरि तीनआाेट सिद्धान्तकाे चर्चा गरिएको छ।सिद्धान्त पक्षले खगाेलीय आधारमा ग्रहहरुकाे अवस्थाको वारेमा जानकारी गराउदछ भने हाेरा सिद्धान्त बाट समस्त चराचर जगत्मा ग्रहहरुकाे प्रभाव सकारात्मक अथवा नकारात्मक पक्षकाे जानकारी यथार्थमा जानकारी गराउदछ ।
संहिता शास्त्रले भाैतिक वस्तुकाे अनुकुल प्रतिकुल पत्तालगाउने काम गर्छ जसलाई वास्तु शास्त्रका रुपमा व्याख्या गरिदै आएकाे छ । खगाेल यानि आकाशमा ग्रहहरुकाे परिवर्तन गति, डिग्री वकृ आदिकाे आकलन हजाराै वर्ष पहिले नै भएकाे थियाे ।
न्युटनभन्दा पाँचसय वर्ष पहिले नै आकर्षण सिद्धान्तको चर्चा भास्कराचार्यले आफ्नाे सिद्धान्तशिराेमणिमा उल्लेख गरिसकेका छन् । सुरुमा पृथ्वीकाे आकर्षण सिद्धान्त भास्कराचार्यलेनै पत्ता लगाएका हुन । तेसैले न्युटन पहिले कि हाम्रा ऋषि महर्षि पहिले आफै छुट्टयाउने कुरा हाे ।
हाम्राे शरिर पञ्च तत्व वाट वनेकाे हाे ।पृथ्वी, जल, वायु, आकाश र जेज बाट बनेकाे हाे र हाम्राे शरिर पनि पञ्च तत्व बाटनै बनेकाे छ जुन जुन तत्वहरु पृथ्वीमा छ हामी संगपनि तेही नै छ तेसैले हामीले जुन तत्व विगारछाै तेही नै दिशा हामी वसेकाे स्थानमा विग्रिएकाे हुन्छ ।
जन्मिएको समयकाे आधारमा चिना हेरेर दिशा मिलायाे भने हाम्राे भाग्य वलियाे हुन्छ । खराव दशाले दिशापनि बिगार्न काम गर्छ । जब वसाेवास गर्ने स्थान नै कमजाेर भयाेभने हामीले जतिसुकै मेहनत गर्दा पनि सफलता पाउन गाह्रो हुन्छ । कर्मलाई सपाेट गर्नकालागि भाग्य यानि ग्रह, राशि नक्षत्र वलियाे हुनुपर्यो या वास्तु मिलाउनुपर्छ ।
दुईवटा मध्ये कुनै एउटा मात्रै खराव भयाेभने हामीले गरेका कामहरु सफल हुन सक्दैन । हामी जन्मिएको समयमा जुन जुन ग्रहहरु कमजाेर छन हामी बसाेबास गर्ने स्थानमा पनि तेहीकुरा हरु विगार्न पुगेका हुन्छाै । यदि तपाईंकाे सूर्य खराब भयाे भने पूर्वतिरकाे दिशा बिग्रेको हुन्छ ।
तेस्तै मंगल ग्रह कमजाेर भयाेभने दक्षिण दिशा खराबी हुन्छ। शनि ग्रह खराबी भएमा शनिकाे दिशा पश्चिम बिग्रेकाे हुन्छ यदि बुधग्रहकाे अबस्था खराब भयाेभने उत्तर दिशा खराब हुन्छ । उत्तर र पूर्व खराब भयाे भने मान-सम्मानमा कमि, आर्थिक अभाब, सन्तान सुखबाट बन्चित स्वस्थ्यमा समस्याले धन खर्च गराउद छ ।यदि दक्षिण पश्चिम दिशा खराबी भएमा अकस्मात् खर्च, अरुले धन खाईदिने सम्भावना हुन्छ व्यवसायमा दैनिक रुपमा नाेक्सान लगाएतका समस्या हुनेछन ।
पश्चिम उत्तर खराब भएकाे अबस्थामा कामगरेबापत त्येसकाे रिटन अरुकाे लागि हुन्छ सम्बन्ध खराब हुन्छ । लक्ष्मीकाे बाँस हुदैन शिक्षाकाे लगानी घाटा सन्तान नहुने सम्भावना धेरै हुन्छ । हामी बसाेबास गर्ने स्थान कस्ताेछ भनेर मात्रै बसाेबास गर्दा फाईदा हुनेछ ।
लेखक- रिजाल ज्याेतिष तथा वास्तुविद् हुन
उनलाई सम्पर्क गर्नका लागि ९८५१०६११२४
ईमेल rijal.suresh123[at]gmail.com