
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
मेष राशि भएका मानिस हरुले तुला राशि हुने मानिसहरू संगकाे सम्बन्ध सबैभन्दा राम्राे हुनेछ। कन्या र बृश्चिक राशिहुने हरु संगकाे सम्बन्ध नाेक्सानदायक हुनेछ भने बाँकि अरु राशि हुनेहरुसँग मेष राशि हुने हरुले काम गर्दा राम्राे हुन्छ । पुर्व दिशा मेष राशिकाे लागि राम्राे रहने छ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
वृष राशिमा जन्मिएका महिला तथा पुरुष हरुका लागि तुला र धनु राशि हुने मानिस हरुसँगकाे सम्बन्ध अतिनै नराम्राे मानिन्छ । याे राशि हुनेहरुका लागि भने बृश्चिक राशि सबैभन्दा राम्राे राशिका रुपमा हेरिन्छ । बाँकि राशिहरु संगकाे सम्बन्ध राम्राे नै रहने छ । दक्षिण तिरकाे दिशा मा काम गर्दा छिटाे सफलता मिल्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
मिथुन राशि हुने हरुका लागि धनु राशि सबैभन्दा राम्राे राशिका रुपमा हेरिन्छ । मकर तथा बृश्चिक राशिहुने हरुकाे संबन्ध खासै राम्राे मान्न सकिनँ ।बाकि रहेका राशिहरुसंग संबन्ध गास्दा राम्राे नै रहनेछ ।पश्चिम दिशा मिथुन राशिकाे आफ्नाे दिशा हाे काम काराेबार गर्दा राम्राे हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
कर्कट राशिमा जन्मिएका सबै मानिस हरुका लागि मकर राशि हुनेहरुसँगकाे संबन्ध अतिनै राम्राे मानिन्छ तर धनु र कुम्भ राशिका मानिस हरुसंँगकाे सम्बन्ध भने नराम्राे हुनेछ ।अरु राशि हुनेहरुसँग काम काराेबार गर्दा फाइदाजनक रहने छ ।बिशेष गरि उत्तर दिशामा काम गर्दा राम्राे नै मानिन्छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सिंह राशि हुनेहरुले कुम्भ राशि हुने हरु संग काम गर्दा धेरैनै राम्राे हुन्छ ।बिशेष गरि मकर र मीन राशि हुनेहरुसंगकाे सम्बन्ध राम्राे मानिदैन ।बाकि राशिहरुसंग भने कामगर्दा राम्राे नै मानिन्छ ।पुर्व तिरकाे दिशामा काम गर्दा परिवारमा खुसी र प्रगति गराउदछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
कन्या राशिमा जन्मेका मानिसहरुका लागि भने मीन राशि भएका मानिस अथवा स्थानमा बसेर काम गरेमा साेचेअनुसरकाे सफलता मिल्ने छ ।कन्या राशिकाे लागि कुम्भ तथा मेष राशि हुनेहरुसंगकाे सम्बन्ध निकै कमजाेर मानिन्छ तेसैले कामकाराेबार नगर्नु भएकै राम्राे हुनेछ ।अरु बाकी रहेका राशिहुनेहरुसंगकाे सम्बन्ध भने राम्राे नै रहने छ । कन्या राशिकाे लागि दक्षिण दिशा शुभ मानिन्छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते
तुला राशिहुनेहरुले मेष राशि हुनेहरुसंग सम्बन्ध राखेर काम गर्दा राम्राे मानिन्छ । मीन र बृष राशिहुनेसंगभने एकदमै नराम्राे हुन्छ तेसैले कुनैपनि कुराहरु अगाडी नबढाउनुभएकै राम्राे हुने छ ।बाकी रहेका राशिहरुसंगभने कामगर्दा राम्राे हुन्छ ।पश्चिम दिशा राम्राे मानिन्छ ।त्याे दिशातर्फ कामगर्दा परिवारमा खुसियाली बड्ने छ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
वृशचिक राशिहुन हरुले विशेषगरी वृष राशि हुने हरुसंग कामकाराेबार गरेमा विशेष फईदा हुनेछ । मेष र मिथुन राशिहुने हरुसंगकाे कामकाराेबार अलि कमजाेर रहनेछ । यिनी राशिसंग कामगरेमा अन्त्यमा नाेक्सान हुनेहुनाले काम नगर्नु भएकै राम्राे हुनेछ । अरु राशिसंग मिलेर काम गर्दा फाइदाजनक हुनेछ । महत्त्वपूर्ण कामकाराेबार गर्दा घर भन्दा उत्तर दिशामा गएर गरेका कामबाट सफलता मिल्नेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
धनुराशि हुनेहरुले विशेष गरि मिथुन राशि हुनेहरुसंग मिलेर काम गरेमा सजिलो संग काम पूरा हुनेछ । बृष र कर्कट राशि हुनेसंगकाे कुनैपनि काराेबार अन्तिममा पुरानहुदै राेकिने हुन्छ ।यी दुई राशि बृष र कर्कट बाहेकका अरु बाकी राशिहुने हरुसंगकाे संबन्घ राम्राे हुनेछ । बिवाहा गर्दा समेत राम्राे नहुने हुन्छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
मकर राशिमा जन्मेका मानिस हरुका लागि कर्कट राशिहुने हरुसंगकाे सम्बन्ध निक्कै राम्राे मानिन्छ । तर मकर राशि हुनेहरुले मिथुन र सिंह राशि हुने हरुसंग काम नगरेकै राम्राे हुन्छ ।अरु राशिहुने हरुसंगकाे सम्बन्ध राम्राेनै मानिन्छ ।मकर राशि हुनेहरुले बिशेष गरि दक्षिण दिशामा बसेरकाम गरेमा राम्राे हुने छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
विशेषगरी कुम्भ राशिका मानिसले सिंह राशिहुने हरुसंगकाे सम्बन्ध राम्राे मानिन्छ ।तर कर्कट र कन्या राशिहुनेहरुसंगकाे सम्बन्ध भने नराम्राेनै मानिन्छ । पारिवारिक सम्बन्धकालागि बाकी रहेका राशिहरुसंगकाे सम्बन्ध राम्राे नै मानिन्छ ।कुम्भ राशिहुनेहरुले पश्चिम दिशामा बसेरकाम कामगरेमा लाभ हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
मीन राशिमा जन्मिएका मानिसहरुले विशेषगरी कन्या राशिहुने हरुसंगकाे सम्बन्ध निक्कै राम्राे मानिन्छ ।सिंह र तुला राशिहुनेहरुसंग बाहेक अरु राशिसंगकाे सम्बन्ध राम्राे नै मानिन्छ। विशेष प्रगतिको लागि उत्तर तथा पुर्व दिशाहरु लाभदायक हुनेछन् ।
(लेखक रिजाल ज्याेतिष तथा वास्तुविद् हुन् ।
सम्पर्क नम्बर ९८५१०६११२४
rijal.suresh12(AT)gmail.com रहेकाे छ)