
भारतको गुजरात राज्यमा एक सामान्य परिवारमा जन्मिएका भारतीय प्रधानमन्त्री नरेन्द्र माेदी कस्ताे राज याेगमा जन्मिएकाले उनकाे प्रतिभा तथा कुशल राजनेताका रुपमा भारत लगाएत विश्वमा चिनिन सफल भए।
हरेक राजनेता देशकाे लागि केही गराै नयाँ शैलीमा जनतालाई सेवा गर्न पाउने साेच राखेर राजनीतिमा लागेका हुन्छन् । भाग्यले थाेरै कम मानिसकाे मात्रै साेच पूरा गरिदिएकाे हुन्छ कर्म गर्ने सबै जनालाई भाग्यल साथ दिन सक्दैन ।
कुन त्यस्ताे याेग बनेकाे थियाे जसले बाल बिबाह गरायाे वैवाहिक जीवन सफल हुन दिएन तर पनि पत्नीले कसैसँग उक्त पीडा नभनेरै आजसम्म बिताई रहेकी छिन् । नवग्रहले कुन याेग बनाई दिएका छन् जसले आफ्नै छिमेकीको सम्पत्ति माथि आँखा लगाउन बाध्य बनायाे ?
के नरेन्द्र माेदी भन्दा अरुकाे जन्म कुण्डलीमा यस्ता याेग बनेकै थिएन ? समग्र जन्म कुण्डली विश्लेषण जुन भारतमा रहेका साथीहरुकाे सहयाेग तथा इन्टरनेटमार्फत प्राप्त जानकारी र उनकाे व्यबहारका आधारमा तयार पारेकाे सामाग्री हाे ।
बृश्चिक लग्नमा जन्मिएका प्रधानमन्त्री नरेन्द्र माेदीकाे लग्नकाे स्वामीग्रह मंगल लग्नमा नै बसेकाले उनकाे हिम्मत, पराक्रम, चतुर्याइँ सगै कुसल लिडर समेत मंगल ग्रहकाे प्रभाबले उनले प्राप्त गर्न सफल भए । नेपालकाे राशि बृश्चिक र माेदीकाे लग्न पनि बृश्चिक नै भएकाले दुबैकाे मालिक एउटै ग्रह हुने हुदा नेपाली जनताले उनकाे चतुर्याइँ समयमै थाहा पाउन सफल भएकाे देखिन्छ । २०७२ सालमा नेपालकाे राशिमा शनिकाे साढेसातिकाे दशा चलिरहेकाले नेपालमा नाका बन्दी लगाएर नेपाली जनतालाई दुख दिएका थिए ।
अहिले नेपालकाे साढेसाति दशा समाप्त भैसकेकाे छ भने भारकाे धुनु राशिमा यतिबेला अन्त्य साढेसातिकाे दशा चलिरहेकाे छ ।शनिग्रह धर्म तथा न्यायकाे कारक भएकाले शनिले जहिले पनि सत्यको नै विजयी गराउने भनेर शास्त्रमा उल्लेख गरिएको छ।
निच भङ्ग राजयाेग जहा चन्द्रमा तथा मंगल एउटै राशिमा भएकाे समयमा जन्मिएकाले अरु प्रति उनकाे हेपाह प्रवृत्ति रहेकाे प्रष्ट रुपमा देख्न सकिन्छ । चन्द्र मंगल ग्रह मिलेर बनाउने सबैभन्दा ठूलाे महालक्ष्मी याेग उनकाे कुण्डलीमा भएकाले धन सम्पत्तिका हिसाबले उनी एकदम बलियाे नै रहने छन ।
लक्ष्मी याेगमा जन्मिएका मानिसले आफ्नाे भन्दा पनि अरुकाे धन सम्पत्ति माथि सदैब आँखा लगाउने बानी रहेकाे हुदा पछिल्लोपटक नेपालकाे भूमिमा पनि यहीँ याेगकाे प्रभावका कारणले नेपालकाे भूमि भारतले दावी उनकै पालामा गर्याे ।
शनि सत्रु गृहिभएर कर्म भावमा बसेकाले बिस्तारै उनले गरेका कर्म हरु जनताले नरुचाएकाले बेला बेला उनकाे कार्यलाई लिएर चर्काे विराेध समेत हुने गरेकाे छ । पछिल्लो पटक फेरि नेपालमा उनकाे बिराेध भैरहेकाले पनि उक्त याेगले पूर्णरुपमा काम गरेकाे ज्याेतिषीष विश्लेषणले देखाउदछ ।
नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र माेदी दुबै कार्यकारी प्रधानमन्त्री हुन । नेपालका प्रधानमन्त्रीकाे राशि मिथुन हाे भने भारका प्रधानमन्त्रीकाे बृश्चिक राशि हाे दुबै कार्यकारी प्रधानमन्त्रीकाे राशिकाे हिसाले हेदा शत्रुतापूर्ण राशि भएकाले सुरुवाती समयमा केही राम्राे सम्बन्ध भएजस्तो देखिएपनि शत्रु राशि भएकाले अन्त्यमा ग्रह याेगकाे प्रभावले सम्बन्ध राम्राे हुने देखिदैन ।
भारकाे राशिमा शनिकाे अन्त्य साढेसातिकाे दशा चलिरहेकाे छ भने नेपालकाे राशिमा यहीँ २०७६ फागुन ४ बाट साढेसातिकाे समाप्त भएकाे छ । शनिकाे प्रभाव भारतकाे राशिमा पूर्णरूपमा परेकाले यसकाे लाभ नेपालले पूर्णरूपमा प्राप्त गर्ने देखिएकाे छ ।
लेखक रिजाल ज्याेतिष तथा वास्तुविद् हुन
सम्पर्क ९८५१०६११२४ इमेल rijal.suresh123(AT)gmail.com