
संसारमा हरेक प्रकारका चिज हरुकाे आफ्नै महत्त्व छ।
पृथ्वीमा यस्ता खाले बिरुवा हरु पनि छन जसलाई प्रयाेग गर्ने जानेमा यसले मानिसको साेच अनुसार काम गर्ने गर्दछ।
धेरै कममानिसलाई मात्रै थाहा भएकाे “लक्की बेम्वाे” (चमत्कारिक बिरुवा ) यसकाे प्रयाेगले मानिसले साेचेअनुसार काम गर्ने गर्दछ भनेर फेङसुई चिनियाँ वास्तुशास्त्रमा उल्लेख गरिएकाे छ ।
तिब्बतीयन हरुले यसकाे प्रयाेग निक्कै गर्ने गरेका छन् ।
नेपालमा मुगल र तिब्बतीयन वास्तुकाे प्रभाव परेकाले दुईथरी वास्तुकाे प्रयाेग हुने गरेकाे छ ।
वास्तुशास्त्रले नकारात्मक उर्जा भएकाे स्थानलाई सकारात्मक उर्जामा बदल्ने काम गर्दछ ।
यस्ता प्रकारका बाटविरुवा हरुबाट सजिलोसँग उर्जा बदल्न सकिने वास्तुशास्त्री बताउँछन् ।
कुन कामकाे लागि कस्ताे खाले उर्जा चाहिन्छ त्याे काम अनुसारकाे दिशामा राख्नु पर्दछ ।
व्यापार गर्ने हरुले कतातिर राख्ने तेस्तै जागिर बाट पदाेन्नति चहने हरुले कुन दिशामा राख्ने र अफिसमा वस्दा खेरि कता फर्काएर राखेमा अरुभन्दा माथिल्लो स्थानमा पुग्न सकिन्छ भन्ने वास्तुशास्त्रीले जानकारी गराउने गर्दछन् ।
यदि गलत दिशामा राखेमा येसले नकारात्मक परिणाम पनि दिने भएकाले बिज्ञहरुको सल्लाहमा मात्रै राख्दा राम्राे हुन्छ ।

विशेषगरी यसकाे प्रयाेग घर, अफिस काेठा, कार्यालय, व्यापारिक प्रतिष्ठान, उद्योग, कलकारखाना लगाएत सबै स्थानमा राख्न सकिने वास्तुशाशस्त्री बताउँछन् कुन कामनाले राख्ने हाे तेही दिशामा राख्दा यसले सकारात्मक तरिकाबाट कामगर्ने गर्दछ।
पृथ्वीले सूर्यकाे परिक्रमा गर्ने क्रममा सूर्यबाट आउने नाै प्रकारका किरण हरुलाई यसले मनले चाहेअनुसार परिवर्तन गर्न सक्दछ।
सहि दिशामा राखिएको अबस्थामा यसले हाम्राे भाग्य परिवर्तन गर्न सक्छ भने यदि गलत दिशामा राखेमा भएकाे कामपनि बिगार्न पुग्दछ। त्येसकारणले प्रयाेग गर्दा साबधानी पुर्बक गरेमा हाम्राे साच अनुसार यसले काम गर्न थाल्ने छ ।
रिजाल दक्षिण एसियाली ज्याेतिष महासंघ नेपालका महासचिव हुन ।
लेखक रिजाल संग प्रत्यक्ष सम्पर्क गर्नका लागि ९८५१०६११२४ मोबाइल नम्बरको प्रयोग गर्न सक्नुहुन्छ । तर फोन गर्नुअगाडी एकचोटी म्यासेज गरेर आफ्नो बारेमा कुरा राख्नुहोला । धेरै फोन आउने हुनाले सबैको फोन नउठ्न पनि सक्दछ ।