
जेठ २७ गते मंगलबार उत्तरषाढा नक्षत्रको शुभयोगमा गणेश चतुर्थी पर्व परेको छ ।
धार्मिक हिसाबले यस्ता योगहरुलाई विशेष महत्त्वका साथ हेरिने गरेको छ ।उत्तराषाढा नक्षत्रका स्वामी ग्रह सूर्य भएकाले अहिलेको अवस्थामा वृहस्पति शनिको राशिमा निच अवस्था रहेकाले विशेष महत्त्वका साथ हेरिएको हो।
लामो समयपछि शनि तथा वृहस्पति एउटै राशिमा भएको समयमा यस्तो शुभ संयोग परेको हो ।
मंगलबार र चौथी तिथि एकैदिन परेमा मात्रै यस्तो विशेष शुभ योग हुने गरेको छ ।
आषाढ कृष्ण पक्षमा परेको मंगल चौथी विशेष रुपमा लिने गरिएको छ । यस्ता प्रकारका योग बन्नका लागि एकदमै धेरै समय लाग्ने गरेको छ । गणेश चतुर्थीको व्रत विशेष गरि सन्तान, सुखी वैवाहिक सम्बन्ध तथा विद्यार्थी र लक्ष्मी पुजाको लागि पनि विशेष रुपमा व्रत तथा पूजा गरिएमा कुनै पनि प्रकारका मांगलिक दोष नलाग्ने शास्त्रमा उल्लेख गरिएको छ ।
लामो समयसम्म विवाह नभएकाहरुले पनि यो व्रत बसेमा छिट्टै मनोकामना पूर्ण हुने उल्लेख गरिएको छ ।
भगवान् शंकर तथा माता पार्वतीका पुत्र श्रीगणेशलाई विभिन्न नामले पनि पूजा गर्ने परम्परा रहिआएको छ ।
सबै देवताहरुमध्ये सर्वप्रथमा गणेशको पूजा गरेपछि मात्रै अरु देवताहरुको पूजा गर्ने परम्परा रहिआएको छ ।
शास्त्रकाअनुसार भगवान् गणेशका ऋद्धि र सिद्धि नाम गरेका दुईवटा पत्नी भएको कुरा शास्त्रमा वर्णन गरिएको छ, जसलाई शुभ लाभ भनेर पनि भन्ने गरिन्छ । यदि कसैलाई विवाहमा कुनै प्रकारका समस्याहरु भएको भए पनि यो व्रतले शुभ हुनेछ ।
कुनै पनि विद्यार्थीलाई पढाइमा बाधा अवरोध भइरहेको छ भने गणेश संकट मोचन स्त्रोत्र कुनै आठ जना पढ्ने मानिसहरुलाई आफ्नै हातले लेखेर दान गरेमा अवरोध भएको कुनै प्रकारका विद्या सुचारु हुन्छ भनेर गणेश पुराणमा उल्लेख गरिएको छ ।
जन्म समयमा कुनैपनि प्रकारका मांगलिक दोष भएको भए विधिपूर्वक गणेश चतुर्थीको व्रत बसेमा या पूजा गरेमा कुनै प्रकारका समस्या नरहने समेत ज्योतिषीहरुले जानकारी गराएका छन ।
मांगलिक पूजाको नाममा कुनै प्रकारको थप पुजा गरिरहनु नपर्ने समेत जानकारी गराएका छन । गणेशको पूजा गर्दा दुबो, सिन्दुर र स्वामीको पातले पूजा गर्दा सफल हुने समेत विज्ञहरुले जनाएका छन । सन्तानको लागि यदि कसैको लामो समयसम्म नभएको अवस्थामा यो व्रत वस्नाले सन्तान प्राप्ति हुने कुरा उल्लेख गरिएको छ।
यस्ता पबित्र दिन लामो समयपछि आउने भएकाले विशेष महत्त्वका सात लिने गरिएको छ ।
रिजाल दक्षिण एसियाली ज्योतिष महासंघ नेपालका महासचिव हुन ।
ज्योतिष रिजालसँग परामर्श लिनको लागि लागि ९८५१०६११२४ मोबाइल नम्बरको प्रयोग गर्न सक्नुहुन्छ । धेरै फोन आउने हुनाले सबैको फोन नउठ्न पनि सक्दछ त्यसैले फोन गर्नुअगाडी एकचोटी म्यासेज गरेर आफ्नो बारेमा कुरा राख्नुहोला । अथवा इमेल rijal.suresh123[at]gmail.com मा पनि सम्पर्क गर्न सक्नुहुन्छ । ।