
नेपालमा घर,अफिस, कार्यालय,व्यवसायीक भवन,शिक्षण संस्था ,अस्पताल आदिमा आम मानिसले लगानी लगाउदा कुनै न कुनै तरिकाबाट आफ्नाे चिनेजानेका गुरु,पुराेहितकाे सल्लाह वा निर्देशनमा काम गरि रहेका हुन्छन् ।
प्राचीन वास्तु पद्धतिलाई आधार मानेर त्यसमा पनि नेपालमा तिव्यतियन वास्तुकाे प्रभाव र मुगल वास्तुकाे प्रभाव रहेकाले कुन तरिका अपनाउने हाे भन्ने नै थाहा नपाई वास्तु मिलाउन लाग्ने मानिसहरू धेरै छन् ।
यसै सन्दर्भमा नेपालमा वास्तु शास्त्रको प्रयाेग र यसकाे अवस्थाका बारेमा केन्द्रित भएर वास्तुविद् सुरेश चन्द्र रिजालसंग केटिएम दैनिकका रेगन कार्कीले कुराकानी गरेका छन्
आम मानिसले वास्तुशास्त्रलाई कसरी बुझ्ने ?
सामान्य भासामा भन्नु पर्दा भाग्य निर्माणको लागि केवल ज्याेतिष र वास्तु बाट मात्र नभई कर्म पनि गर्नुपर्ने हुन्छ । भाग्य र कर्मबाट प्रप्त सफलतालाई सहि स्थानम लगाउनका लागि वास्तुले सहयाेग गर्दछ ।
त्यसैले कुनै वेला सहि स्थानकाे पहिचान हुन सकेन भने हामीले कर्म र भाग्य बाट प्रप्त कुराहरु गलत स्थानमा पर्न जादा नाेक्सान हुने हुँदा वास्तु शास्त्रले सहि स्थानकाे जानकारी गराउने काम गर्छ ।
त्यसैले प्राचीन वास्तु पद्धतिलाई मिलाउने हाे भने हामीले गर्ने हरेक कामहरु साेचे अनुसार नै अगाडि बढ्ने गर्दछ । हामीले गर्ने कर्मलाई बलियो बनाउन कि त ग्रहदशा बलियो हुनु पर्याे या वास्तु मिल्नु पर्याे यी दुईमध्ये कम्तिमा एउटा बलियाे हुनुपर्याे ।
ग्रहदशा भनेकाे ब्रह्माण्डिय शक्ति हाे जुन हाम्राे हातमा छैन तर जमिनकाे उर्जा मिलाउने काम वास्तु शास्त्रले गर्ने हुदा पछिल्लो समय यसकाे माग बढेकाे हाे प्रकृतिसँग मानवको समन्वय र सहकार्य मिलाउने शास्त्र नै वास्तुशास्त्र हो ।
वास्तु शास्त्रको नियम पालना गरेर घर निर्माण गर्दा खर्च बढी हुन्छ भनिन्छ। यथार्थ के हाे ?
मानिसको बुझाईमा फरक हाे । वास्तुशास्त्रकाे नियम पालना गरेर कुनैपनि भवन निर्माण गर्दा लागत बढ्ने हाेईन वास्तु शास्त्रले त केवल घरकाे माेहाेडा कता फर्काउने , पानीको ट्याङ्की / ईनार कुन दिशामा बनाउने, किचन कता फर्काउने, खाना खादा कुन दिशामा फर्केर बस्ने, ट्वाईलेट कुन दिशामा राख्ने, घरमुली कुन काेठामा सुत्ने, बच्चालाई पढ्न कहाँ राख्ने ट्वाईलेटकाे स्याप्टि ट्याङ्की कता मिलाउने, भरयाङ्ग कुन काेडमा बनाउने तेस्तैगरी पुजाकाेठा कहाँ बनाउने भन्ने कुरामात्र वास्तु शास्त्रले जानकारी गराउने हाे ।
दिशा मिलाउदा लागत बढ्न सक्ने अवस्था हुदैन त्यसकारण वास्तुशास्त्रकाे नियम पालना गर्दा लागत बढ्छ भन्न भ्रम मात्र हाे ।
नेपालमा घर निर्माण गर्दा वास्तुशास्त्रलाई कत्तिको ध्यान दिने गरिएको छ ?
पछिल्लो समय नेपालमा हाउजिङ, अपार्टमेण्ट, आधुनिक प्रविधिको प्रयाेग गरेर बनाईएका घर, काेठा, कार्यालय ,व्यवसायीक भवन शिक्षण संस्था , अस्पताल आादिमा वास्तु शास्त्र नमिलेको धेरै छ । वास्तुशास्त्रको प्रयोग गरी घर आदि निर्माण कार्य गर्दा त्यसमा बस्ने/उपभोग गर्ने व्यक्तिहरूलाई सकारात्मक प्रभाव पर्छ ।
कुनै संस्थाले बनिसकेका भवनको थाेरै भएपनि वास्तु मिलाउनुपर्छ भन्ने साेचले मिलाउँदै आउनु भएकाे पनि छ । नेपालमा वास्तु शास्त्रको विज्ञहरुकाे पनि कमिरहेकाले यसकाे पुर्ण पालना हुन नसकेकाे हाे । वास्तु शास्त्रको नियम अल्टिच्युटका आधारमा फरकफरक हुने हुदा यसमा ध्यान दिनु पर्ने कुरा धेरै छ ।
नेपाल भाैगाेलिक हिसाबले पनि हिमाल पहाड, तराईकाे बनावटमा रहेकाले पनि हरेक स्थानकाे वास्तु भाैगाेलिकका हिसाबले फरक फरक हुन्छ । त्येसैले कुनै पनि भवन निर्माण गर्दा वास्तु शास्त्रीकाे सल्लाह अनुसार गर्नु भयाे भने हामीले केही भएपनि वास्तुकाे नियम पालना गर्न सक्छौ र राम्राे हुन्छ ।
वास्तुशास्त्रको नियन पालना नगर्ने हरुलाई यसको असर कहिले देखा पर्छ ?
मानिसको सधैंभरि एउटाै समय हुदैन कहिले राम्राे समय चल्छ त्यहीँ समयमा कहिलेकाही नराम्राे पनि भईरहेकाे हुन्छ । वास्तु मिलेकाे भवनमा वस्दा खेरि यदि हाम्राे दिनदशा खराव भएकाे अवस्थामा वास्तुकाे सहयाेगमा हामीलाई जुन नाेक्सान पुग्नुपर्ने हाे त्याे पर्दैन ।
यदी वास्तु पनि मिलेकाे छैन दिनदशा पनि खराब चलिरहेकाे छ भने हामीले गर्न लागेका हरेक कर्महरु नाेक्सान दायक हुन्छन् । त्येसैले हामीले हाम्राे कर्मलाई राम्रो बनाउनका लागि भाग्यकाे पनि सहयाेग चाहिन्छ कर्मपनि गर्नुनै पर्छ र बस्ने स्थान यानिकी वास्तु पनि मिलाउनै पर्छ । तीनवटै कुराकाे मिल्याे भने मात्रै हामीले साेचे अनुसार काम गर्दा सफल भईन्छ ।
नेपालीहरूको वास्तुशास्त्रप्रति कस्तो धारणा पाउनुभएको छ ?
पछिल्लो समय मानिसहरूले विभिन्न निर्माण कार्यमा वास्तुशास्त्रलाई अनिवार्य जस्तै मान्दै आएका छन् । यसो हुनुको मूल कारण प्रचारप्रसार हो । प्रचारप्रसारका कारण नै मानिसहरूले वास्तुशास्त्रको प्रयोगलाई प्राथमिकतामा राखेका हुन् ।
विगत १०/१५ वर्षदेखि नेपालका विभिन्न सञ्चारमाध्यमले वास्तुशास्त्रसम्बन्धी प्रचारप्रसार गर्दै आएका छन् । त्यसैले, वास्तुशास्त्रप्रति जनचासो बढेको हो । साथै, वास्तुशास्त्रको प्रयोग गरी घर निर्माण गर्दा शुभफल प्राप्त हुने बिषयमा समेत मानिसहरु बिश्वस्त हुदै गएका छन् । आउदो दिनमा वास्तुशास्त्र प्रति मानिसहरुको बिश्वास अझ बढ्ने छ ।
नेपालमा वास्तुविद्हरूको उपलब्धता कस्तो छ ?
निर्माणको क्रमले तीव्रताको तुलनामा नेपालमा वास्तुविद्हरूको उपलब्धता भने न्यून छ । वास्तुशास्त्रको अध्ययनका लागि संस्कृतको अध्ययन जरुरी छ । वेद आफैमा कठिन शास्त्रअन्तर्गत पर्छ । वास्तुशास्त्र स्थापत्य वेदबाट विकसित भएको हो । त्यसैले, यसको अध्ययनका लागि मानिस दृढसङ्कल्पित हुनु आवश्यक छ । वास्तुशास्त्रसम्बन्धी अध्ययनअध्यापनका लागि पर्याप्त मात्रामा नेपालमा शैक्षिक संस्थाहरू खुल्न सकेका पनि छैनन् । भएका शैक्षिक संस्थाले पनि सही मार्गदर्शनसहित अध्यापन गर्न सकेका छैनन् ।