
काठमाडौं । कोरोना संक्रमण न्यूनीकरणका लागि नेपालमा हवाई उडानमा तत्कालका लागि रोक लगाइए पनि आइतबार विहान चिनियाँ जहाजले फन्को मारिरहेपछि यसबारे सर्वत्र चासो उत्पन्न भएको छ ।
लकडाउनको समयमा नेपाली आकाशमा शंकास्पद तरिकाबाट चिनियाँ जहाज उड्दा सर्वत्र चासो परेको हो ।
सगरमाथा क्षेत्रमा विहानैदेखि चिनियाँ जहाजले कयौंपटक फन्को मारेपछि सर्वसाधारणमा चासो र आशंकका जन्माएको छ ।
नेपाल–भारत र चीनबीच सिमानाका विषयमा तनाव उत्पन्न भइरहेको पृष्ठभूमिमा नेपालको संवेदनशील क्षेत्रमा चिनियाँ जहाजले लगातार फन्को मारिरहेको देखिँदा आशंका बढाएको हो ।
लकडाउनको बेलामा चिनियाँ जहाज नेपाली आकाशमा देखिएपछि यसको बास्तविका के हो भन्ने जान्न हामीले नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीसँग सम्पर्क गरेका थियौं ।
उहाँले सगरमाथाको सर्भेका लागि चिनियाँ जहाजले उडान गरेको बताए ।
उडानका निम्त स्वीकृति लिएकाे उल्लेख गर्दै उनले भने–‘ अन्य उडान भने रोकिएको छ ।
यतिबेला चीनले स्वीकृति लिएर नै सगरमाथा आसपासमा आफ्नो उडाइ गरिरहेको छ ।
त्यो सर्भेका लागि हो ।
साथै आज केही मात्रामा औषधि ढुवानीलगायतका अत्यावश्यक कार्यका लागि आन्तरिक उडान पनि भइरहेको बताउनुभयो ।
यद्यपि, चार्टर्ड उडानमा भने सरकारले रोक लगाएको छ ।