कोरोना महामारीकै समयमा अमेरिकी डाइभर्सिटी भिसा डीभी २०२१ को नतिजा भोली सार्वजनिक हुँदैछ ।
अमेरिकी दूतावासका अनुसार डीभी २०२१ को नतिजा शनिबार ९ बजेर ४५ मिनेटमा हुनेछ ।
दुतावासले आफ्नो आधिकारिक फेसबुक पेजमा यस बारेमा जानकारी दिँदै नतिजा हेर्ने तरिका समेत जानकारी दिएको छ ।
जसका लागी तपाई डिभी भर्दाको समयको कन्फर्मेसन नम्बरको आवश्यकता पर्नेछ । कन्फर्मेसन नम्बर https://dvprogram.state.gov/ मा लग इन गरेर हेरेको खण्डमा तपाईलाई डिभी परे नपरेको थाहा हुन्छ ।
मे ५ मा हुने छनोट कार्यक्रम कोरोनाको कारण ६ जुनलाई सारिएको हो। छनाेटमा हुने उक्त ढिलाइले १ अक्टोबरमा हुने अन्तर्वार्तामा भने कुनै असर नपर्ने दूतावासले जनाएको छ ।