कोभिड १९ लाई बिश्वब्यापी रुपमा माहामारी भनेर घोषणा गरिरहेको थियो, बिश्वभरि यसको असर फैलिन थालेपछि नेपाल पनि यसबाट अछुतो रहने छैन भनेर नेपाल सरकारले पनि कडा रुपमा प्रस्तुत हुने निर्णय लिन थाल्यो । यसको परिणाम स्वरूप सबैभन्दा पहिला यसको असर शिक्षा क्षेत्र मा पर्न गयो ।
शैक्षिक क्षेत्र को अन्तिम महिना अर्थात चैत्र महिना भएको हुदा सम्पूर्ण विद्यालयहरुमा अन्तिम परिक्षा गराउने तयारी भईरहेको थियो सरकारको आदेशको पालना गदै चैत्र ५ गते भित्र परिक्षा सक्ने तयारी का साथ सम्पूर्ण शै़क्षिक संस्थाहरु लागि परे । कही कतैका जिल्ला ,प्रदेश, बाहेकका अरु ठाउहरुमा जसोतसो अन्तिम परिक्षा लिएर त सकीयो त बिडम्बना २०७६ साल चैत्र ६ गते बाट सुरू हुने एसईई परिक्षा भने स्थगित हुन पुग्यो ।
कोरोना भाइरस नियंत्रणको सबैभन्दा उत्तम उपचार भनेको सामाजिक दुरि कायम गरी बस्नु भएकोले नेपाल सरकारले पनि २०७६ चैत्र ११ बाट पहिलो पटक देशभरी lockdown घोषणा गर्यो । नेपाल का सम्पूर्ण सीमा नाका हरूमा आवतजावत बन्द गर्दै अन्तराष्ट्रिय बिमानस्थल पनि बन्द गरियो ।
शुरु-शुरुमा lockdown खासै गाह्रो भएन, जनजिवन पनि सामान्य नै थियो । नेपाल मा कोरोना को प्रभाब पनि खासै थिएन । बिश्वका अरु देशका तुलनामा नेपालमा कोरोना भाइरसको अवस्था सामान्य भएपछि बिश्वभरि छरीएर रहेका नेपालीहरु लाई अब नेपाल हाम्रो लागी सुरक्षित स्थान बन्न सक्छ भनेर सम्पूर्ण बिदेशमा रहेका नेपालीहरूले नेपाल आउनका लागी नेपाल सरकार लाई पहल गर्न थाले, छिमेकी देश भारतमा रहेका नेपालीहरू पनि भारतमा कोरोनाको प्रकोप बढन थाले पछी अब नेपाल गएपछी बाचिन्छ कि भनेर खुल्ला सिमाना नेपाल भारत नाका बाट धमाधम आउन थाले र सरकार बाध्य भएर सिमामा अलपत्र परेका आफ्ना नागरिकहरु लाई उद्दार गर्न लाग्यो ।
परिणाम स्वरुप आज नेपालमा दिननुदिन कोरोना भाइरसका सक्रमित हरू बढदै गएका छन ।
Lockdown भएको आज ७० दिन भयो सबै ले आफ्ना-आफ्ना पेशा, ब्यापार, ज्याला, मजदुरी, जागीर कामकाज सबै गुमाएर बसेका छन, अबका दिनमा कोरोना भाईरस यसरी नै बढदै जाने हो भने नेपालको आर्थिक अवस्था क़स्तो होला म आफै एक प्री-स्कूल संचालिका हो । मैले अब कसरी घरभाड़ा तिर्ने , मेरा कर्मचारीहरू लाई कसरी तलब दिने , र अब का दिमा आफ़नो ब्यवसायलाई कसरी निरन्तरता दिने मेरा लागी ठुलो चुनौति बनेको छ भने म जस्तै आफ्नो ब्यसाय, ब्यापार बन्द गरेर गरेर बस्नु भएका दाजुभाई- दिदीबहिनीहरू लाई कति पिडा होला?
ति मजदुररहरू जसले बिहान कमाएर बेलुका खाने गर्छन तिनका लागी यो lockdown कति गाह्रो भएको होला ? ५० लाख बिद्यालय जाने बालबालिकाहरुले कहिले देखी आफ्नो पढनपाढन लाई निरन्तरता दिदै बिद्यालय जान पाउलान?? ति रोकिएका परिक्षाहरु कहिले पुन सन्चालन होलान? ति २ बर्ष देखी ६ बर्ष सम्मका बालबालिका जो प्री-स्कूल मा रमाउने गर्दथे ति बालबालिकाहरु अब कहिले देखी रमाउन पाउलान ??यो हामी सबै को लागि ठुलो चुनौति अनि गम्भीर बिषय बनेको छ ।
Lockdown को प्रभाब अरु क्षेत्रमा जस्तै शिक्षा क्षेत्रमा पनि निकै परेको छ विकल्पको रुपमा अगाडी सारिएका online class पनि सम्पूर्ण बिद्याथीको पहुचमा पु-याउन सकिएको छैन । देशभरका अधिकांश सरकारी स्कूल हरू क्वारेन्टाईनले भरिएका छन। अन्य ब्यवसायहरु जस्तो बिद्यालय हुदैन यहँ त एउटा कक्षाकोठा थोरैमा पनि ३०-४० जना बिद्यार्थीहरु राखेर पढाउनु पर्ने हुन्छ । सम्पूर्ण बिद्यार्थीहरुलाई सामाजिक दुरी , सेनीटाईजर , मास्क, पन्जाको ब्यवस्था गर्दै पढाउन सक्ने अवस्था पनि छैन । अभिभावकमा रहेको त्रास अन्यौल अझै घटेको छैन ।
अनलाइन कक्षाको बिश्वभर प्रबिधीको चरम प्रयोग भईरहेको बेलामा हामीले पनि प्रयोग गर्न नहुने भने होइन तर अहिले को परिपक्षेमा पूर्बतयारी बिना इन्टरनेट को पहुचमा नपुगेका ति ग्रामीण भेगका बालबालिका जो सँग इन्टरनेट र कम्प्युटर छैन तिनका लागी आकाशको फल आँखा तरि मर जस्तो अवस्था हुने सक्ने देखिएको छ ।
नेपालमा कोरोना सक्रमितको संख्या बढदो ग्राफ़मा छ। भारतबाट आउने तथा अन्य देशबाट नेपाल आउने हरू को संख्या बढिरहेको छ । अरब देशमा अलपत्र परेका नेपालीलाई उद्दार गर्न बाक़ी छ । हालसम्म नेपलका ५९ ज़िल्ला मा कोरोना संक्रमण देखिएको छ परिक्षणको गति अत्यन्तै सुस्त छ , जनस्वास्थ्य चेतना अत्यन्तै न्युन छ, अभिभावकहरुमा रहेको त्रास , अन्यौल अझै घटेको छैन , त्यसैले पनि नेपालमा अझै केही समय विद्यालय खुल्न अनुकुल छैन।
जस्तोसुकै परिस्थीतीमा पनि बालबालिकाहरु पढन पाउने अधिकारबाट बन्चित हुनुहुदैन भन्ने मान्यता राखेर विद्यार्थी भर्ना , पाठ्यपुस्तक उपलब्ध गराउने,सरकार तथा निजी क्षेत्र विद्यार्थीहरुलाई नि:शुल्क डाटा उपलब्ध गराउने, इन्टरनेटको पहुच बढाउने तथा पाठ्यक्रम अनुसार पढाई संचालन गर्ने गर्नु पर्छ ।
यो महामारीमा सबै आर्थिक रूपबाट टाट पल्टिएका छन तसर्थ बिद्यालयहरुले यो बर्ष बाच्ने मात्र लक्ष्य राखेर भर्ना तथा मासिक शुल्क न्युन लिने, सरका ले बिद्यालयलाई सकेसम्म अनुदान दिएर अभिभावकलाई राहत गराउने गर्नुपर्दछ ।
हाम्रो आशा र अभियानले कोरोना संक्रमण छिटो नियंत्रण भएमा आफ्ना बालबालिकाहरुलाई छिटो विद्यालय पढाउन हामी अविभावक सधै अग्रसर हुने
पुष्पा सापकोटा, चितवन
लेखिका मन्टेश्वरी बिद्यालयकी संचालिका हुन