२०७७ साल बुध राजा अनि चन्द्रमा मन्त्री भएको बर्ष अर्थात पुत्र र पिता को राज्य भएको बर्ष हो । यो बर्ष बिश्व जगतमै आश्चर्य पार्ने बर्ष र सुन्दरताको बर्ष रहन सक्छ भने ई.स २०२० को पुर्व फलितको आधा परिणाम अझै बाकी नै छ ।
२०२० बिश्वका लागि नराम्रो बर्ष भएता पनि २०७७ को थालनीले एक अंश भने काटिने छ । यो बर्ष २०७७ ले हाल को बित्पन्न अवस्थालाई न्यूनीकरण गर्नुका साथै कयौ नयाँ तथ्य तथा आयाअर्जनका श्रोत दिनेछ ।
जसरी विश्व बजार अहिले तहसनहस भएको छ त्यस्को दोब्बर आय हुनेछ भने पुराना खत रानाक रोग को औषधीहरु र उपचारहरु सम्भब हुनेछन । यो समय केही देशमा राजाले राज गद्दी त्याग्न सक्ने र पुत्र वा उतराधिकारीले जिम्मेवारी प्राप्त गर्नेछन ।
विश्वभर नयाँ जीव , पशु , पन्छीहरु पत्ता लाग्ने एवम नँया ठाउ सम्म भेटिने योग छ । यो बर्ष पश्चिमी देशमा भने अझै पनि प्राकृतिक कहर रहने रहेकोले आधी , बेग , भुई चालो , सु नामी जस्ता कुरा को प्र कोप पर्ने छ । पुर्वी मूलुकमा भने जलशक्ति वृद्धि हुनेछ । एकपल्ट फेरि पनि प्राकृतिक हरियाली को समय रहेकोले यो बर्षले धेरै ठाउँ जीव ह त्या जस्ता कर्म त्याग गराउने छ ।
प्राचीन सभ्यताका केही तथ्यहरु पत्ता लाग्ने र बहुमुल्य तत्वहरु उत्खनन् हुने यो बर्षले भौगोलिक परिवर्तनको रहस्य समेत समेटेको छ । असार पछाडिको समय निकै नै आनन्ददायक रहेको छ । यो साल श्रमिकहरुले पनि राम्रो काम पाउने एवम आय वृद्धि हुनेछ ।
केही हिं सात्मक घटना दोहोरीएर अपराध अझै पनि पहिला भन्दा वृद्धि हुन सक्नेछ किन भने बृहस्पतिलाई शनि को दृस्ठिले ग्र सित बनाउने योग छ । यो समयमा धातुका बहुमुल्य समाग्री चोरी हुने , हराउने , खोसिने अवस्था रहन सक्छ भने महङ्गी केही हद सम्म न्यूनीकरण हुन्छ । यो बर्षबाट धार्मिक आस्था अभिवृद्धि हुनुका साथै मानिसहरु आनन्दित हुन र तात्विक एवम धारमिक ज्ञान प्राप्तीमा अधिक रुचि राख्ने छन ।
वायुमण्डलमा केही परिवर्तन संगै धेरै चम्किला तारा वा भनौ विभिन्न तत्व देखिनेछ । नेपाल को खण्डमा भने यो साल मा देशले अभिभावक गुमाउन सक्ने एवम नयाँ सत्ता परिवर्तन हुन सक्ने सम्म हुन्सक्छ ।
साथै राजशाशन वा राजतन्त्रको फड्को सम्म पर्न सक्छ । छिमेकी संगका केही पुराना मुद्दा र हिसाबका कुरा आगाडी आउनेछन भने राज्यमा केही गलत निर्णयले जनता दुखी बनाउने छ । यो साल जलविद्युतका कार्य एवम खान पान संग संबंधित कामले तिब्ररुप लिने र योजनाहरु तयार हुनेछन ।
पुर्वी उत्तर एसियामा रहेका एसियाली मुलुकहरुमा बि द्रोह हुन सक्ने तथा प्राकृतिक बिपत्ति पर्न सक्ने छ । यो समय धेरै देवालयहरु स्थापना वा भनौ संरक्षण गरिने छ । दैविक शक्ति को प्रत्यक्ष महशुस गराउने यो साल सबैको लागि एउटा भुमिका लिएको हुनेछ ।