
२०७७ साल जेठ शुक्लपक्ष १७ गते शनिवार नवमी तिथि पूं फाल्गुनी नक्षत्र चन्द्रमा सिंह राशिमा ।
मेष राशि : प्रेमलाइ विवाहमा परिणत गर्न चाहानुहुन्छ भने राम्रो समय छ अथवा दाम्पत्य जीवनलाइ लिएर कुनै वाद विवाद वा समस्या भए कम हुनेछ । गरेको काममा प्रशंशा प्राप्त हुने देखिन्छ ।
वृषः धेरै समय बाट बिग्रेको काम बनेर जानेछ तथा काममा प्रशंशा प्राप्त हुने छ तथा पदोन्नतीको सम्भावना देखिन्छ । नयाँ व्यक्तिसँगको भेटले मन रामाउने छ ।
मिथुनः समय तपाईको पक्षमा भएता पनि स्वास्थ्यले भने साथ दिदैन खानपिन तथा पुरानो रोग भए सतर्क हुनुहोला । धन प्राप्तिकाे समय छ । साथीभाइ इष्टमित्रबाट सहयोग प्राप्त हुनेछ ।
कर्कटः कुटुम्व वा साझेदारीमा गरेको व्यपार व्यवसायबाट भने धेरै लाभ प्राप्त हुने तथा जागिर का साथै व्यवासाय क्षेत्रमा लाभको समय छ ।
सिंहः टाउको अथवा छातिमा सम्सया देखा पर्न सक्नेछ । यत्रा गर्दा विचार गर्नुहोला अन्यथा चाोटपटकको सम्भावना छ । धन वा जागिर व्यवसायवाट भने राम्रो लाभ मिल्नेछ ।
कन्याः सामान्य रुघाखोकिको कारण स्वास्थ्यमा समस्या देखिन सक्छ सतर्क रहनुहोला । आर्थिक हानिको साथै व्यवसायीक पाटनर सँग सम्बन्धमा समस्या देखापर्न सक्नेछ । विवाद गर्नुपर्ने दिन छ सतर्क रहनुहोला ।
तुला : समय राम्रो हुदा हुदैपनि अचानक घर परिवारमा आउने समस्याले गर्दा मन खिन्न हुने देखिन्छ । सामान्य मेहिनतमा पनि राम्रो आर्थिक लाभ गर्न सक्नु हुनेछ ।
वृश्चिक : आर्थिक हानिको साथै व्यवसायमा केहिसामान्य समस्याहरु देखापर्न सक्ने छन् । सन्तान सुखको योग भने राम्रो हुनुका साथै यात्रा वा नँया काममा लगानि गर्ने अवसर प्राप्त्हुन सक्नेछ ।
धनुः भाग्यमानी हुने दिन छ । काम गर्दा मन धेरै चञ्चल भइदिनेछ । तपाईलाइ भविष्यमा राम्रो लाभ हुने काममा हात हाल्नुका साथै आर्थिक वृद्धिभएर जानेछ । तथा घर परिवारमा रमाइलो वातावरण बन्ने छ।
मकर : साथीभाइ सँग रामाइलो भेटघाट हुन सक्नेछ । काम तथ व्यवसायमा प्रशंशा प्राप्त गर्ने समय छ । आर्थिक वृद्धि पनि राम्रो नै हुने छ ।
कुम्भ : साझेदारि व्यापार बाट लाभ मिल्नुका साथै कतै अनलाभन वा मार्केटिक जस्तो काम गर्नु हुन्छ भने लाभ प्राप्त होला । मन घर परिवारमा रामाउनुका साथै स्वास्थ्य ठिक भएर जानेछ ।
मीन : शत्रुको कारण समस्या भएको काम वनेर जाानेछ । तथा साथ दिने व्यक्तिहरुको वृद्धिहुनेछ । सामान्य पेट तिरको भागमा समस्या देखापर्न सक्नेछ । आर्थिक हानि हुनसक्छ सम्यमता अपनाउनु होला ।