मेष राशि : घर परिवारमा केही शान्तिको वातावरण भएता पनि मनमा भने अशान्ति नै रहने छ । प्रेम सम्वन्ध तथा दाम्पत्य जीवनमा भने राम्रो हुनुका साथै साथ र सहयोग प्राप्त हुनेछ ।
वृष राशि : तपाइको आलोचना गर्ने व्यक्तिहरु वढ्ने छन, जागिर वा व्यापारीक क्षेत्रमा संम्यमता अपनाउदा राम्रो हुनेछ । अरुका कुरामा ख्याल नगरी अगाडी बढ्दा राम्रो हुनुका साथै आर्थिक पक्ष सबल हुनेछ ।
मिथुन राशि : स्वास्थ्य समस्याले भने सताउने नै छ । मन अशान्त हुने छ स्वास्थ्यको कारणले गर्दा अचल सम्पति जोड्ने समय छ थोरै मेहनत गर्दा कुटुम्भको भने सहयोग प्राप्त हुनेछ ।
कर्कट राशि : तपाइको एक्लो प्रयाशले गर्दा धेरै ठुलो सफलता हात पर्ने छ । सहयोगी हरुको साथ प्रप्तहुनुका साथै मान सम्मानमा वृद्धि हुनेछ । आर्थिक लाभको समय छ ।
सिंह राशि : नगरेको गल्तिमा फस्नुभएको थियो भने छुटकारा पाउनुहुनेछ । गालि गर्नेहरुले प्रशंसा गर्न थाल्नेछन् । केही आर्थिक संकट हुने योग भने देखिएको छ भने व्यवसायमा सोचेको अनुरुप सफलता मिल्नेछैन ।
कन्या राशि : व्यवसाय फस्टाएर जानुका साथै नयाँ व्यवसायमा नसोचेको लाभ हातपर्ने छ । दाम्पत्य जीवन वा प्रेमी प्रेमीकामा भने समस्या देखा पर्ने छ । बोल्दा विचार गर्नु होला ।
तुला राशि : मन अशान्त हुने तथा जागिर वा व्यवसायमा झुटा आरोप लाग्न सक्नेछन् । आर्थिक हानिको समय पनि छ, सन्तानलाइ स्वास्थ्यमा समस्या देखापर्न सक्नेछ ।
वृश्चिक राशि : थोरै मेहनत गर्दापनि ठूलो सफलता प्राप्त हुनेछ । भाग्यमा रोकिएको धनका साथै काम हरु बन्नेछन् । साथिभाइ सँग भएको मनमुटाव मिल्नेछ ।
धनु राशि : आर्थिक लाभको समय छ । चौतर्फ प्रशंसा प्राप्त गर्नुहुनेछ । जागिरमा पदोन्नतीको सम्भावना देखिन्छ । अहिले सम्म बिग्रेको काम बनेर जाने योग छ ।
मकर राशि : समय तपाईको पक्षमा छ शत्रुलाइ पनि आफ्नो पक्षमा ल्याएर काम गर्न सक्नुहुनेछ । यात्रा गर्नु पूर्वभने धेरै विचार गर्नु होला अन्यथा समस्या देखापर्न सक्नेछ । मन प्रसन्न हुनेछ ।
कुम्भ राशि : काममा आएको वाधा हटेर जानेछ भने आर्थिक लाभको समय छ । दाम्पत्य जीवनमा भने मन मुटावमा वृद्धि हुनेछ । घर परिवारको कारणले गर्दा मनमा अशान्ति छाउने छ ।
मीन राशि : देश विदेशको यात्रागर्ने अवसर प्राप्तहुन सक्नेछ । सन्तान सुखको समय छ । मान्यजन तथा अन्य व्यक्तिहरुबाट तपाइे गरेको कामको प्रशंसा हुने छ साथै लगानी गर्ने अवसर प्राप्त हुन सक्ने योग देखिएको छ । आर्थिक पक्ष सवल भएर जाने देखिएको छ ।