
२०७७ साल जेठ कृष्ण्पक्ष १३ गते मंगलवार चतुर्दशी तिथि पुनर्वसुु नक्षत्र चन्द्रमा मिथुन राशिमा ।
मेष राशि : दाजुभाइ सँगको सम्बन्ध राम्रो हुनुका साथै पराक्रम बढेर जानेछ । थोरै प्रयासमा पनि राम्रो सफलता हात पार्न सकिने छ तथा गरेको काममा सन्तुष्टि मिल्ने देखिन्छ ।
वृषः बोलीको प्रभाव राम्रो हुनुका साथै कुटुम्वसँगको सम्बन्ध सुमधुर भएर जानेछ । फसेको धन आउनुका साथै अचल सम्पती प्राप्त गर्न सक्ने समय छ ।
मिथुनः व्यक्त्तिवकाे प्रभाव राम्रो भएर जानुका साथै तपाइसँग रिसाएर बसेका मान्छे तपाईप्रति प्रभावित पर्ने समय रहेकाे छ । स्वास्थ्यमा कुनै समस्या थियो भने कम भएर जानेछ ।
कर्कटः शत्रु वा अल्छिको कारण काममा आएको समस्या हटेर जानुका साथै विदेश सँग रिलेटेट काम बन्नेछ । यात्रा गर्ने अवसर प्राप्तहुन सक्छ ।
सिंहः आर्थिक लाभको साथै जग्गा जमीन वा अचल सम्पतिवाट लाभ प्राप्त गर्न सक्नु हुनेछ । घरमा भने सामान्य कलहको वातावरण बन्नसक्नेछ संयम्ता अपानाउनुहोला ।
कन्याः मनमा नैरास्यता छाउनुका साथै गरेको काममा वाधा अर्चन देखा पर्न सक्नेछ । घरमा कुनै आर्थिक समस्या थियो भने कम भएर जानेछ । आर्थिक हानिको समय छ संयम्ता अपनाउनु होला ।
तुला : अचानक कुनै नराम्रो खबरले गर्दा तपाइको मन अशान्त हुनेछ । पिताजीको स्वास्थ्यमा भएको समस्या कम भएर जानेछ । दिनको अन्त्यतिर भने आर्थिक लाभको समय छ ।
वृश्चिक : दाम्पत्य जीवन राम्रो हुनुका साथै प्रेमीका सँगभएको कुनै संखा कम भएर जानेछ तथा सम्बन्ध राम्रो हुनेछ । चौपाय तथा घर परिवारको सुख सुविधा प्राप्त गर्न सक्नुहुनेछ ।
धनुः चोटपटकको सम्भावना छ संयम्ता अपनाउनुहोला । शत्रुको कारण काममा बाधा अड्चन आउनेछ । साथीभाइ सँगको सम्वन्धमा कुनै कुराले गर्दा झगडा पर्न सक्नेछ ।
मकर : समय खराव छ । शत्रुका कारण समस्या देखापर्न सक्नेछन् । स्वास्थ्यमा समस्या हुनुका साथै दाम्पत्य जीवनमा कलहको वातावरण बन्न सक्नेछ ।
कुम्भ : सन्तान सुखका साथै घर परिवारमा मांगलीक कार्यको समय देखिन्छ । आर्थिक समस्याले भने सताउन सक्नेछ । सापटिदिएको धन फिर्ता नआउनाले रिनमा वृद्धिहुने देखिन्छ ।
मीन : चौपाय तथा वाहन बाट दुःख पाउन सकिन्छ । माताको स्वास्थ्यमा देखापर्नुका साथै घर परिवारमा कलहको वातावरण वन्नसक्नेछ संयम्ता अपानाउनु होला ।