२०७७ साल जेठ कृष्ण्पक्ष ११ गते आइतवार द्वितीया तिथि मृगशिरा नक्षत्र चन्द्रमा बृष राशिमा ५ वजेर २३ मिनेट सम्म तथा मिथुन राशिमा ।
मेष राशि : रोकिरहेको काम बन्नुका साथै गरेको काममा सफलता हात पर्नेछ । नयाँ कामको खोजीमा हुनुहुन्छ भने नयाँ काम पाउनुका साथै घर परिवारको राम्रो सहयोग प्राप्त हुनेछ ।
वृषः मान सम्मानमा वृद्धि हुने तथा व्यक्तित्वको प्रभाव बढेर जानेछ । बोलीमा प्रभाव वढ्ने तथा कुटुम्ब सँगको सम्वन्ध राम्रो भएर जानेछ ।
मिथुनः कसैलाइ विश्वास गर्नु पूर्व धेरै सोच विचार गर्नुहोला अन्यथा तपाइको धन हानी हुने योग देखिन्छ । स्वस्थ्यमा भने केहि समस्या जस्तै टाउको, दात, पेट सम्बन्धि समस्याहरु देखा पर्न सक्नेछन् ।
कर्कटः चोट पटकको सम्भावनका साथै आगो बाट बच्न जरुरी देखिन्छ । कुराहरु गोप्य राख्नु होला नत्र शत्रुका कारण बनिरहेको काम विग्रेर जानेछ ।
सिंहः काममा आएको बाधा हटेर जानुका साथै गरेको काममा सफलता प्राप्त हुने र घर परिवारको सहयोग प्राप्त गर्न सक्ने समय छ । आर्थिक वृद्धि हुनेछ ।
कन्याः रोकिएको काम बन्नाले आफुले आफुलाइ भाग्यमानी मान्ने समय छ तथा पिताजीको सहयोगको कारण ठुलो र महत्वपूर्ण काम बनेर जानेछ ।
तुला : गुप्त विद्या प्राप्तहुन सक्ने तथा सपना नराम्रो देख्ने कारणले गर्दा मन चिन्ता भने वढ्ने छ । स्वास्थ्यमा समस्या हरु देखापर्नुका साथै पुरानो रोगले सताउन सक्ने छ ।
वृश्चिक : दाम्पत्य जीवनमा मधुरता छाउनुका साथै प्रेमी वा प्रेमीका सँगको सम्वन्ध राम्रो भएर जानेछ । व्यपार व्यवसायमा सोचेको भन्दा राम्रो आम्दानी गर्नुको साथै ठुलो सफलता प्राप्त हुनेछ ।
धनुः पुरानो रोगले सताउन सक्नेछ खानपीनमा विचार गर्नुहोला । बोल्दा संम्यमता अपनाउनु होला अन्यथा आफन्त वा साथीभाइ सँग झगडा पर्न सक्नेछ ।
मकर : बल, बुद्धि, विवेक बढेर जानेछ । सन्तान सुखको समय छ । बिग्रेको घर परिवारमा सम्वन्ध राम्रो भएर जानेछ ।
कुम्भ : अचल सम्पत्तिको कारोबार हुन सक्ने छ भने आउदै गरेको सम्पत्ति कतै रोकिने सम्भावना छ । बेलुकाको समयमा भने आर्थिक हानि हुने कारणले गर्दा मनमा चिन्ता वढेर जानेछ ।
मीन : मेहनत अनुसारको सफलता हात नपर्ने कारणले गर्दा चिन्ता बढ्नुका साथै घर परिवारका कलहको वातावरण वन्न सक्नेछ । आर्थिक लाभ हुन सक्ने समय छ बेलुकाको समयमा ।