
काठमाण्डौ – कतार सरकारले नेपाललाई दिएको औषधी र उपकरण काठमाण्डौ आइपुगेका छन् ।
कतार सरकारले नै चाटर्ड गरेर पठाएको कतार एअरवेजको जहाजले औषधी र उपकरण ल्याएको हो । कतार फन्ड फर डेभलपमेन्टले नेपाललाई चाहिने अत्यावश्य सामग्री सहयोगको रुपमा नेपाल पठाइएको जनाएको छ ।
फन्डका निर्देशक खालिफा विन जसिम अल कुवारीले कोरोनासँग जुधिरहेको नेपाललाई मित्रराष्ट्रका हैसियतले सामग्री पठाएको बताउनुभएको छ । १० टन मेडिकल सामग्री बोकेको कतार एयरवेजको जहाज त्रिभुवन विमानस्थलमा अवतरण भएको छ ।
The Qatar Fund for Development sent several urgent medical aid shipments to several countries to help fight the outbreak of #covid19. The shipments included: 10 tons for #Algeria, 10 tons for #Nepal and 15 tons for #Rwanda. These shipments were transported by @qatarairways pic.twitter.com/WfrLwELM7O
— Qatar Fund For Development صندوق قطر للتنمية (@qatar_fund) April 29, 2020
मेडिकल सामानमा पिपिई सात हजार, पिसिआर टेस्ट कीट, एन ९५ मास्क, भिटिएम, सिआरआरटी मेशिन, सर्जिकल ग्लब्स, अक्सिजन प्लान्ट, प्रयोगशालायुक्त मोबाइल एम्बुलेन्सलगायतका १४ प्रकारका सामान रहेका छन् ।
कतार फन्डले इरान, लेबनान, इटाली, ट्युनिसिया, रुवान्डा लगायतका देशमा पनि सहायता सामग्री पठाएको जनाएको छ ।