
काठमाडौं – चीनबाट फैलन शुरु गरेको कोरोनाभाइरसका कारण अहिले विश्वका २ सय १० देशमा प्रभावित भइसकेका छन् । कोरोना रोकथाम र नियन्त्रणको लागि विश्वका धेरै देशमा लकडाउन गरिएको छ । लकडाउन हुँदा विश्वभरकै फिल्मी बजार ठप्प भएको छ ।
विश्वभर कोरोनाको महामारी हुँदा कोरोना बारे बिभिन्न गीत तथा भिडियोहरु पनि सार्वजनिक भइरहेका छन् । यस्तै अमेरिकी निर्देशक चाल्र्स ब्यान्डले कोरोना सम्बन्धि एक फिल्म बनाएका छन् । उनले बनाएको ‘कोरोना जाम्बिज’ नामको फिल्म कोरोना संक्रमणमाथि बनेको पहिलो फिल्म बन्ने भएको छ । यस फिल्मको हालै ट्रेलर पनि सार्वजनिक गरिएको छ । ट्रेलर निकै डरलाग्दो बनेको छ ।
यस फिल्ममा कोडी रेनी क्यामरुन, रसेल कोकर, रबिन सिड्नी लगायतका कलाकारको अभिनय रहेको छ ।
फिल्ममा कोरोनाबाट मानिस मरेपछि उसलाई जाम्बिज पात्र बनाइएको छ । यस फिल्म डरलाग्दो भएकाले निर्माण पक्षले अभिभावकको साथबाहेक एक्लै नहेर्न बालबालिकालाई अनुरोध गरेको छ ।
हेर्नुहोस ट्रेलर
सोमबार बेलुका अबेरसम्म विश्वभर कोरोना संक्रमितको संङख्या ३० लाख २० हजार ७ सय ३८ पुगेको छ भने २ लाख ८ हजार ५ सय १ जनाले ज्यान गुमाइसकेका छन् । अहिलेसम्म ८ लाख ९१ हजार १ सय ८७ जना मानिसहरु निको भएर घर फर्किसकेका छन् ।
नेपालमा पनि अहिलेसम्म ५२ जना कोरोना संक्रमित भेटिसकेका छन् जसमध्ये १६ जना निको भएर घर फर्केका छन् भने अन्य विभिन्न अस्पतालमा उपचाररथ रहेका छन् ।