
काठमाण्डौं, ८ वैशाख– सरकारले राजनीतिक दलसम्बन्धी विद्यमान कानूनमा परिवर्तन गर्ने गरी अध्यादेशको तयारी गरेको छ ।
मन्त्रिपरिषदको सोमबारको बैठकमा प्रधानमन्त्री केपी ओलीले त्यस्तो प्रस्ताव ल्याएको एक मन्त्रीले काठमाण्डुटुडेलाई बताए । हालको व्यवस्थाअनुसार राजनीतिक दल विभाजनका लागि केन्द्रीय समिति र संसदीय दल दुवैमा ४० प्रतिशत अनिवार्य पु¥याउनुपर्ने व्यवस्था थियो । कतिपयले नेकपा विभाजनलाई लक्षित गरी प्रस्ताव आएको विश्लेषण गरेका छन् ।
नेकपाको केन्द्रीय समितिमा पूर्वमाओवादीको ४० प्रतिशत संख्या छ । संसदीय दलमा भने पूर्वमाओवादीको ४० प्रतिशत पुग्दैन ।