
पहिलो लकडाउन सकिएपछि विवाह गर्ने तयारीमा थिए एक जोडी । तर लकडाउन थप २१ दिन लम्बिएपछि उक्त जोडीले मास्क लगाएरै विवाह गरेको छ।
यो घटना भारतको होशंगाबाद भन्ने स्थानको हो।
पहिले नै विवाह अघिका सबै विधि पूरा गरेको उक्त जोडीको विवाह लकडाउनका कारण स्थगित भएको थियो। पहिलो लकडाउन सकिएलगत्तै उनीहरुले विवाह गर्ने योजना बनाएका थिए। तर लकडाउन हट्नुको साटो थप २१ दिन लम्बिएपछि उनीहरुले बाध्यताबास अग्नी साची राखेर विधि पूर्वक विवाह गरेका छन्।
कोरोना भाइरसको त्रासका बीच उक्त जोडीले मास्क लगाएर विवाह गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। मास्क लगाएरै विवाह गरेपछि यतिबेला उनीहरुको विवाहले चर्चा पाएको छ।
निकै सीमित संख्यामा हेमन्त र ब्रजेश्वरी नामका उक्त जोडीले विवाह गरेका थिए।
यतिमात्र हैन् उनीहरुले विवाहमा सामाजिक दूरी पनि कायम गरेका थिए।