
काठमाडौं । चीनमा कोरोना भाइरसको दोस्रो रुप देखिएको छ । जससँगै चीनमा पुनः उसैगरि महामारी फैलनसक्ने त्रास पनि फैलिएको छ । लकडाउन अन्त्य गरेसँगै हुबेई प्रान्तमा पुनः कोरोनाका नयाँ संक्रमित भेटिन थालेका हुन् ।
चीनले कोरोनामाथि एक स्तरको विजय हाँसिल गरेको चर्चा चलिरहेको बेला यस्तो अवस्था आएको हो । गत अप्रिल ८ मा चीनले कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि लगाइएको प्रतिबन्ध अन्त्यको घोषणा गरेको थियो । घोषणा गरेको दिन चीनमा ६३ जना नयाँ संक्रमित भेटिएका थिए । त्यसयता चीनमा हालसम्म ७ सय ७३ जना व्यक्तिमा कोरोनाको नयाँ संक्रमण देखिएको छ ।
लक्षण फरक देखिएको छ
अनौठो त, कोरोना संक्रमित देखिएका अधिकांश व्यक्ति यसअघि पनि संक्रमित भएर निको भएका थिए । साथै संक्रमित भेटिएका कतिपय बिरामीमा संक्रमण पुष्टी भएपनि लक्षण भने देखिएका छैन् । जुन हैरानीको विषय छ । जसलाई चिकित्सकहरुले चीनमा कोरोनाको नयाँ रुप देखिएको पनि बताएका छन् ।
१०० जना कोरोना संक्रमितमा अध्ययन गर्दा ६३ जनामा यसअघि देखिएका कुनै पनि लक्षण नदेखिएको बताइएको छ । जसलाई चिकित्सकहरुले कोरोनाले आफ्नो लक्षण लुकाएको पनि बताएका छन् ।
कोरोनाको संक्रमण भएसँगै व्यक्तिमा रुघा, खोकी, ज्वरोजस्ता समस्या देखिने गर्दछ । तर भेटिएका ६३ बिरामीमा त्यस्तो कुनै लक्षण भेटिएको छैन् ।
चीनसँगै दक्षिण कोरियाले पनि कोरोना नियन्त्रणमा एक हदसम्म सफलता प्राप्त गरेको छ । तर दक्षिण कोरियामा पनि दोस्रोपटक संक्रमण देखिएको खबर बाहिर आएको छ । तर अनौठो उनिहरुको रिपोर्ट कुनैबेला पोजेटिभ देखिने अनि लगत्तै नेगेटिभ देखिए पनि भएको छ ।
योसँगै चिकित्सकहरुमा गम्भिर प्रश्न उठेको छ, के कोरोना भाइरसलाई दिर्घकालीन रुपमा अन्त्य गर्न सकिन्छ ? पछिल्लो चरणमा देखिएको अनौठो स्वरुपले वैज्ञानिकहरु पनि हैरानीमा परेका छन् । एजेन्सीबाट