
२ बैशाख काभ्रे । काभ्रेपलाञ्चोक जिल्लाको बेथान्चोक गाउँपालिका र मण्डनदेउपुर नगरपालिकामा एक-एक जनामा र्यापिड डायग्नोस्टिक टेस्टमा कोरोना संक्रमणको लक्षण देखिएको छ ।
बेथान्थोक गाउँपालिका वडा नम्वर ५ का २८ बर्षिय युवालाई आरडिटी परिक्षणमा कोरोना भाईरसको संक्रमण देखिएको हो । उहाँ चैत्र ९ गते भारतबाट नेपाल फर्किनु भएको थियो । उहाँलाई आज नै धुलिखेल अस्पतालमा थप परिक्षणका लागि ल्याईएको छ । पहिलो परिक्षणमा उहाँलाई संक्रमण देखिए पनि दोश्रो परिक्षणको नतिजा नआइसकेको अस्पतालले जानकारी दिएको छ ।
बेथान्चोक गाउँपालिमा २२ जना चैत्र १ गते पछि फर्किएका ब्यक्तिहरु छन् ।
त्यस्तै मण्डन देउपुर नगरपालिमा वडा नम्वर ३ नयाँ गाउँका २३ बर्षिय युवामा द्रुतगतिको आरडिटी परिक्षणमा कोरोना भाईरसको संक्रमण देखिएको हो । उहाँ चैत्र ७ गते दुबईबाट फर्किनु भएको थियो ।
उहाँलाई २२ दिन क्वारेन्टाईनमा राखेर घर पठाईएको थियो । उहाँलाई पनि थप परिक्षणका लागि धुलिखेल अस्पताल ल्याईएको छ । उहाँको स्वाबको परिक्षणपछि दोश्रो रिपोर्ट आउनेछ ।