धरान, १० चैत । धरानस्थित वि.पी. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट भागेका चिनियाँ युवालाई पक्राउ गरिएको छ । बिहिबार बिहान प्रतिष्ठानबाट भागेका उनलाई धरानकै चतरालाइनबाट पक्राउ गरिएको हो ।
चतरालाइनमा हिड्दै गरेको अवस्थामा फेला परेका उनलाई स्वास्थ्य परिक्षणको लागि धरानका मेयर तिलक राई सहितको टोलीले पक्राउ गरि वि.पी. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आईसोलेसनमा लगिएको छ ।
वी पी प्रतिष्ठानको आइसोलेसनमा रहेका उनलाई मोरङको टाडी स्थित क्वारेनटाईनमा लाने तयारी गरेको बताइएको