
काठमाडौं- आमजनता पार्टीका अध्यक्ष तथा सांसद प्रभु साहले निजामती सेवा विधेयक संसदको रोष्ट्रममै च्यातेका छन् ।
आइतबार संसद् बैठकमा विधेयकमाथिको छलफलमा भाग लिएका सांसद साहले विधेयकलाई ‘गरिबमारा’ भनेर च्यातिदिएका हुन् । ‘यो गरिबमारा विधेयक पारित भयो भने देशमा आगो बल्छ’, उनले भने ।
सांसद साहले विधेयकमा गरिबलाई निषेध गरिएको दाबी गरे । विधेयकबाट संविधानको नै उल्लंघन गरिएको उनको भनाइ छ । उनले तल्लो तहका कर्मचारीको वृत्ति विकासमा रोक लगाइएको बताए । ‘गरिबको भाग्य भविष्यलाई कत्लेआम आएको यो निजामती विधेयक हामीलाई स्वीकार्य छैन । यदि यो पारित भयो भने गरिबका लागि कालो दिन हुनेछ’, उनले भने ।