
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् । बैठक अपराह्न ६ बजे वालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बस्ने तय भएको छ ।
यो नियमित बैठक भएकोले विभिन्न मन्त्रालयका प्रस्तावहरूमाथि छलफल र निर्णय हुने बताइएको छ । प्रशासन सिंहदरबार विशेष ब्युरो स्रोतका अनुसार केही महत्वपूर्ण विषयमा समिति गठन हुन सक्ने सम्भावना पनि रहेको छ ।