
बागलुङ । शुक्रवार साँझ बागलुङको ढोरपाटन नगरपालिका-५ अस्तु बतासे डाँडामा भएको जिप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ ।
शुक्रवार साँझ ५:४५ बजे बुर्तिबाङ बजारदेखि ढोरपाटन नगरपालिका-५ चौर जाँदै गरेको लु प्र ०१००१ च १७७५ नम्बरको दुर्घटना हुँदा ढोरपाटन नगरपालिका–२ की ७० नरबहादुर कार्की र सोही ठाउँकी ७५ वर्षीया भीमकुमारी बुढाको घटनास्थलमै मृत्यु भएको थियो ।
दुर्घटनामा जिप चालक बागलुङ ढोरपाटन नगरपालिका-२ का २७ वर्षीय गोविन्द थापा, सोही ठाउँकी १८ वर्षीया लुम्बिनी महत, २३ वर्षीया इन्द्रा कुँवर, २९ वर्षीया निरमाया खत्री, ३८ वर्षीया देवी परियार, ५३ वर्षीया दुर्गी दर्जी, १२ वर्षीया अञ्जु परियार, ८ वर्षीय वियानो बुढा मगर, ५ वर्षीय विनय बुढा, ढोरपाटन नगरपालिका-५ की ३५ वर्षीया डल्ली विक, ढोरपाटन-१ का ११ वर्षीय शिशिर कार्की र ढोरपाटन-५ की ३० वर्षीया टनमाया कुँवर घाइते घाइते भएका छन् ।
घाइतेहरूलाई मणिपाल अस्पताल पोखरा र मिसन अस्पताल पाल्पामा उपचार भइरहेको उनले जानकारी दिए । जिप सडकदेखि करिब ६० मिटर तल खसेको बस्नेत बताए । गाडीमा १६ जना सवार थिए ।