
काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले भिजिट भिसा प्रकरणको विवादमा तानिएका गृहमन्त्री रमेश लेखक निर्दोष रहेको बताएका छन्।
सहकारी ठगी प्रकरणमा पूर्वगृहमन्त्री रवि लामिछानेमाथि छानबिन समिति अनिवार्य गठन नगरेसम्म सदन अवरोधमा सक्रिय रहेका थापाले कांग्रेसका गृहमन्त्री लेखक भने निर्दोष रहेको बताएका हुन्।
भिजिट भिषा प्रकरणमा अध्यागमनका महानिर्देशक तिर्थराज भट्टराईलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिनका लागि बोलाएपछि यो प्रकरणका कारण विपक्षीले हालसम्म सदन अबरोध जारी राखेका छन्।
यसको लहरो लेखकसम्म रहेको र राजीनामा दिनुपर्ने विपक्षीको माग रहँदै आएको थियो।