अमेरिका।अमेरिकामा नोभेम्बर ३ मा हुने मध्यावधि निर्वाचनमा नेपाली मूलका चार जना विभिन्न राज्यका विधायिकी पदका लागि प्रतिस्पर्धामा उत्रिएका छन् ।
मेरिल्यान्ड, न्यु ह्याम्पसायर र न्युयोर्क राज्यबाट चार जना नेपाली मूलका उम्मेदवार चुनावी मैदानमा छन् । मेरिल्यान्डमा ह्यारी भण्डारी र सतीश चापागाईं हाउस अफ डेलिगेट्स सदस्यका लागि प्रतिस्पर्धा गर्दै छन् । न्यु ह्याम्पसायरबाट विश्वबहादुर शाह स्टेट रिप्रेजेन्टेटिभ्स र न्युयोर्कको डिस्ट्रिक्ट १०३ बाट सराहना श्रेष्ठ विधानसभा सदस्यका लागि उम्मेदवार बनेका छन् ।
भण्डारी मेरिल्यान्डको डिस्ट्रिक्ट ८ र चापागाईं डिस्ट्रिक्ट ७ए बाट डेमोक्रेटिक पार्टीका उम्मेदवार हुन् । दुवै जना गत जुन २३ मा सम्पन्न पार्टीको प्रारम्भिक निर्वाचन (प्राइमरी) बाट छनोट भएका थिए ।
निर्वाचन कार्यक्रमअनुसार अमेरिकामा अक्टोबर २२ देखि २९ सम्म अग्रिम मतदान (अर्ली भोटिङ) सम्पन्न भएको थियो ।