काठमाडौँ । प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले सर्वोच्च अदालतको पूर्ण बैठक (फुलकोर्ट) बोलाएका छन् । आज नियमित इजलास सुरु हुनुअघि पूर्ण बैठक बस्ने भएको हो ।
बैठकमा प्रधानन्यायाधीश शर्मा र न्यायाधीश हरि फुयाँलको नाम बिचौलिया इनम सापकोटासँग जोडिएको पछिल्लो विवादबारे छलफल हुने बताइएको छ ।
न्यायाधीश फुयाँलले सापकोटासँग आफूले मात्रै नभई अन्य न्यायाधीशहरूले समेत सामूहिक रूपमा भेट गरेको प्रतिक्रिया दिएपछि न्यायालयभित्र यस विषयले चर्चा पाएको छ । यही विषयलाई लिएर सर्वोच्च अदालतको पूर्ण बैठकमा छलफल हुन लागेको हो ।