काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नेपाली जनसम्पर्क समितिबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यका उम्मेदवारको मतगणना आज सोमबार बिहान ८ बजेदेखि सुरु हुने भएको छ।
कांग्रेसको केन्द्रीय निर्वाचन समितिका अनुसार ललितपुरस्थित बीपी स्मृति भवनमा मतगणना गरिनेछ। जनसम्पर्क समितिबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यका उम्मेदवारको मतपत्र नम्बर २१ रहेको छ।
निर्वाचन समितिले आइतबार सूचना जारी गर्दै सम्बन्धित सबै उम्मेदवारलाई मतगणनाबारे जानकारी गराएको छ। समितिका अनुसार केन्द्रीय सदस्यका उम्मेदवारले आफ्नो सट्टामा प्रतिनिधि पठाउन पाउने छैनन्।
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिका पदका लागि मतगणना भने शुक्रबार राति ९ बजेदेखि सुरु भएको थियो।
