काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खुलातर्फ उपसभापतिमा चन्द्रकान्त भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलको जित निश्चित भएको छ।
पछिल्लो मतगणनाअनुसार ६ हजार मत गणना हुँदा उपसभापतिका उम्मेदवार भण्डारीले ३ हजार १०६ मत प्राप्त गरेका छन्। खुलातर्फ उपसभापति पदमा उनीसहित सात जना उम्मेदवार प्रतिस्पर्धामा थिए।
त्यस्तै, खुलातर्फ महामन्त्रीका उम्मेदवार प्रदीप पौडेलले ६ हजार मत गणना हुँदा ३ हजार ४९४ मत प्राप्त गरेका छन्। महामन्त्री पदमा उनीसहित आठ जना उम्मेदवार प्रतिस्पर्धामा थिए।
कुल ७ हजार ३९ जना महाधिवेशन प्रतिनिधि रहेकोमा मतगणना गर्न बाँकी मतभन्दा प्रतिस्पर्धी उम्मेदवारसँगको मतान्तर बढी भएपछि भण्डारी र पौडेलको जित निश्चित भएको हो।
मतगणना औपचारिक रूपमा सम्पन्न हुन बाँकी रहे पनि पछिल्लो मतपरिणामका आधारमा दुवै उम्मेदवारको विजय सुनिश्चित भएको हो।