काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विश्वप्रकाश शर्मा वरिष्ठ उपसभापति र पुष्पा भुसाल महिला उपसभापतिमा निर्विरोध निर्वाचित भएका छन्।
मंगलबार साँझ ७ बजेसम्म उम्मेदवारी दर्ताका लागि तोकिएको समयसीमाभित्र वरिष्ठ उपसभापति पदमा शर्मा र महिला उपसभापति पदमा भुसालबाहेक अन्य उम्मेदवारको मनोनयन नपरेपछि दुवै जना निर्विरोध निर्वाचित भएका हुन्।
निर्वाचन समितिका अनुसार तोकिएको समयभित्र दुवै पदमा एक–एक जनाको मात्रै उम्मेदवारी परेपछि शर्मा र भुसाल निर्विरोध निर्वाचित भएका हुन्।
शर्मा यसअघि कांग्रेसको विशेष महाधिवेशनबाट उपसभापति बनेका थिए। त्यस्तै, भुसाल पनि विशेष महाधिवेशनबाटै महिला उपसभापतिमा निर्वाचित भएकी थिइन्।