काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज विभिन्न पदका लागि उम्मेदवारको मनोनयन दर्ता हुँदैछ।
निर्वाचन समितिले इच्छुक उम्मेदवारका लागि बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मनोनयन दर्ताको समय निर्धारण गरेको छ।
मनोनयन दर्ता सकिएपछि दिउँसो ४ः३० बजे उम्मेदवारको पहिलो नामावली सार्वजनिक गरिनेछ। प्रकाशित नामावलीमाथि दाबी–विरोधका लागि ४ः३० देखि ५ः३० बजेसम्मको समय तोकिएको छ।
प्राप्त दाबी–विरोधमाथि निर्वाचन समितिले ५ः३० देखि ६ः३० बजेसम्म छानबिन गर्नेछ। छानबिनपछि उम्मेदवारको दोस्रो नामावली साँझ ७ बजे प्रकाशन गरिने निर्वाचन समितिले जनाएको छ।