काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ। बैठक बिहान १० बजे काठमाडौंको खुलामञ्चमा जारी पार्टीको १५औँ महाधिवेशनस्थलमा बस्ने भएको हो।
बैठकमा १५औँ महाधिवेशनसँग सम्बन्धित विषयका साथै समसामयिक राजनीतिक परिस्थितिबारे छलफल हुने जनाइएको छ।
केन्द्रीय कार्यसमिति बैठक सकिएलगत्तै महाधिवेशनको बन्दसत्र सुरु हुने एक नेताले जानकारी दिए।