काठमाडौं– नेपाली कांग्रेसले १५औँ महाधिवेशनअन्तर्गत हुने निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ।
निर्वाचन समितिले सार्वजनिक गरेको कार्यतालिकाअनुसार सोमबार मतदाता नामावली प्रकाशन गरिने भएको छ। मंगलबार बिहान उम्मेदवारहरूको मनोनयन दर्ता गरिनेछ।
त्यस्तै, निर्वाचनका लागि आवश्यक अन्य प्रक्रिया पनि कार्यतालिकाअनुसार अघि बढाइने समितिले जनाएको छ। महाधिवेशनको निर्वाचनमा बिहीबार बिहानदेखि मतदान सुरु हुने कार्यतालिका तय गरिएको छ।
समितिले निर्वाचनलाई निर्धारित समयमै सम्पन्न गर्न आवश्यक तयारी अघि बढाइरहेको जनाएको छ।