
काठमाडौं- गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणलाई लिएर आफूमाथि उठेका प्रश्नहरूको जवाफ दिइरहेका छन् ।
भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकले आफ्नो त्यसमा कुनै पनि संलग्नता नभएको बताएका छन्।
‘त्रिभुवन अध्यागमनका सहसचिव तीर्थराज भट्टराईलाई अख्तियारले नियन्त्रणमा लिएर उनीसँग रहेका कागजात र मोबाइल डिभाइसहरू सञ्चारमाध्यमबाट जानकारी पाएँ,’ लेखकले भने,‘अख्तियारले अनुसन्धान थालेको यस विषयलाई लिएर मन्त्रीको संलग्नता छ भन्ने गरी विचारहरू अभिव्यक्त भएका छन्।’
उनले थपे, ‘यो जसरी संलग्नता देखाएर समाचारहरू धारणा सार्वनजनिक भएका छन्। यो बेठिक कुरा हो र मेरो संलग्नता छैन भन्न चाहन्छु। निवेदन गर्छु यो राजनीतिक पूर्वाग्रहले प्रेरित छ।