काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवसँग बिदाइ भेट गरेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार भएको भेटमा प्रधानमन्त्री शाहले सफल कार्यकाल पूरा गरेकोमा राजदूत श्रीवास्तवलाई बधाई तथा शुभकामना व्यक्त गरे ।
भेटका क्रममा प्रधानमन्त्री शाहले पछिल्लो समय रसुवालगायतका क्षेत्रमा भएका बाढी तथा अन्य विपद्का घटनामा भारतले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गरे ।
त्यस्तै, नेपाल–भारत सम्बन्धलाई थप गहिरो र बहुआयामिक बनाउन राजदूत श्रीवास्तवले निर्वाह गरेको भूमिकाको पनि प्रधानमन्त्री शाहले प्रशंसा गर्दै धन्यवाद दिए ।
राजदूत श्रीवास्तव आफ्नो कार्यकाल पूरा गरी केही दिनमै भारत फर्कने तयारीमा छन् ।