काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहालले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई पक्राउ गरिएको घटनाप्रति आपत्ति जनाएका छन्।
सोमबार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै दाहालले विनाकारण विशिष्ट व्यक्तिलाई पक्राउ गर्ने दुस्साहस गरे सरकारले ठूलो मूल्य चुकाउनुपर्ने बताए। सुरक्षा चुनौती भए पक्राउ गर्नुको साटो घरमै सुरक्षाकर्मी बढाउनुपर्ने उनको भनाइ थियो।
“यदि सरकारले छोरीलाई पिटेर बुहारी तर्साउन खोजेको हो भने यो पनि घातक हुन्छ,” उनले भने।
जबरालाई पक्राउ गरेर छाडिएको घटनाको तथ्य क्रमशः बाहिर आउने भन्दै दाहालले यस्ता घटना नदोहोर्याउन सरकारको ध्यानाकर्षण गराए।