
काठमाडौं- नेपाली कांग्रेसका पूर्वपदाधिकारीहरू छलफलमा जुटेका छन् ।
आइतबार सानेपास्थित एक अपार्टमेन्टमा पार्टीका प्रभावशाली पूर्वपदाधिकारीहरू छलफलमा जुटेका हुन् । छलफलमा नेताहरू गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, बिमलेन्द्र निधि, कृष्ण सिटौला, डा. प्रकाशशरण महत र डा. शंशाक कोइराला सहभागी थिए ।
उनीहरूले पार्टीको आगामी अधिवेशन र समसामयिक राजनीति लगायतका विषयमा छलफल गरेको बताइएको छ ।