
काठमाडौं- नागरिक उन्मुक्ति पार्टी (नाउपा) का सांसद रामेश्वर चौधरी उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा नियुक्त भएका छन् ।
उनको साँझ ५ बजे शपथ ग्रणको तयारी छ । यसअघि भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री रहेका चौधरीले सरकार फेरिएपछि पद गुमाएका थिए । विवादित अडियोका कारण लक्ष्मणकिशोर चौधरीले राजीनामा दिएपछि नाउपाको मन्त्रीको एक कोटा खाली थियो ।