काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने आज भारत भ्रमणमा जाँदै छन् ।
रवि भारतीय जनता पार्टीको औपचारिक निमन्त्रणामा भारत जान लागेका हुन् । भ्रमणका क्रममा उनले राजनीतिक भेटघाट तथा त्यहाँ रहेका नेपाली सँगसमेत संवाद गर्ने रास्वपाले जनाएको छ । रविसँगै श्रीमती निकिता पौडेल, सहमहामन्त्री विपिन आचार्य, विदेश विभाग प्रमुख दीपक बोहोरा र प्रदीप पनि आचार्य जाने छन् ।