काठमाडौँ। प्रतिपक्ष दल नेकपा (एमाले) को संसदीय दलको बैठक सिंहदरबारमा जारी छ ।
शनिवार दिउँसोदेखि बसेको संसदीय दलको बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को नयाँ बजेटका विषयमा केन्द्रित रहेर छलफल भइरहेको हो । बैठकमा आगामी आर्थिक वर्षको बजेटका प्राथमिकता, नीति तथा कार्यक्रमका विषयमा सांसदहरूबीच विचार–विमर्श भएको छ। बैठकमा बजेटसँग जनसरोकारका विषयलाई कसरी जोड्ने भन्ने सम्बन्धमा सांसदहरूले आ–आफ्नो धारणा राखिरहेका छन् ।